एक समय थियो जतिबेला रेडियो नेपालबाट नमुछे आमा दहिमा टिका गित बज्न थाल्यो भने चाडवाड आउँन लागेछ क्यार भन्ने थाहा हुन्थ्यो । बीच बीचमा बज्ने दाइ मेरो काँ गयो गुरो धौली फुल्यो ओइलायो भन्ने टुक्काले परदेशिएका दाजु भाईको मन कटक्क खान्थ्यो । रेकर्डिङ भएदेखि नै नेपाली लोक संगितको शिर्ष स्थानमा रहिरहेको गित नमुछे आमा दहिमा टिका वरिष्ठ गायक, संगीतकार नारायण रायमाझीले नयाँ प्रविधि र केहि फरक मेलोडी सहित पुनस् सार्वजानिक गरेका छन् ।

स्वर्गीय लक्षमण रायमाझीको शब्द र वरिष्ठ संगीतकार नारायण रायमाझीले संगीत गरेको बहुचर्चित गित नमुछे आमा दहिमा टिका वर्षौ पहिले पहिलो पटक कृष्णभक्त राइले गाउनु भएको थियो । त्यहि गितलाई केहि आधुनिक शैलीमा गीतको सर्वाधिक अधिकार पाएको रिमा इन्टरटेनमेन्ट नेपालले बजारमा ल्याएको हो । अहिलेकी चर्चित गायिका रचना रिमाल र संगीतकार स्वयम रायमाझीले गाएको लाईभ भिडियोले नेपाली सांगीतिक बजारमा चर्चा बटुल्ने निश्चित प्राय छ ।

केहि हप्ता अघि मात्र सार्वजनिक भएको नारायण रायमाझीको अर्को गित उनको प्रिति यतिबेला ४० लाखको नजिक छ । कुनै बेला रेडियो नेपालमा एकक्षत्र राज जमाएका रायमाझीका गितहरु अहिले पनि उत्तिकै ताजगी छन । आउँने शुक्रबार नमुछे आमा दहिमा टिका को फाईनल भिडियो सार्वजनिक हुने पनि सुटिंग पक्षले नयाँबाटो लाई जनाएको छ ।