गायक यमराज श्रेष्ठ र गायिका संगीता पौडेलको आवाजमा रहेको मौलिक दशैँ गीत ‘‘पासपोटको पाना सकियो” गीतको भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ ।

परदेशमा घन कमाउनको लागी गएको छोरो र घरमा आश्रित परिवारको पिर र वेदनालाई गीतमा समेटिएको छ । इन्द्र दाहाल शिशिरको शब्द तथा कमल ज्योतीको लय सिर्जना तथा कृष्ण केसीको एरेन्ज गीतमा रहेको छ ।

बासु बरालको छायाँकन , मनोज कार्कीको सम्पादन तथा निशान बाँनियाको निर्देशन भिडियोमा रहेको छ । ‘‘पासपोटको पाना सकियो” गीतको भिडियोमा आशिर प्रताप जंग र सन्ध्या श्रेष्ठको अभिनय रहेको छ ।