इटहरीः पूर्वी नवलपरासीको नवलपुरमा ज्वाइको खुर्पा प्रहारबाट गएराति ससुराको मृत्यु भएको छ । नवलपुरको कावासोती नगरपालिका–१५, शेरगञ्ज बस्ने ३१ वर्षीय सुवास मगरको खुर्पा प्रहारबाट ७३ वर्षीय ससुरा विष्णु राईको ज्यान गएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ ।
ज्वाइँ मगरले ससुरा राईलाई घाँटीमा खुर्पा प्रहार गरी हत्या गरेको कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँडका अनुसार खुर्पाको प्रहारबाट गम्भीर घाइते भएका राईको उपचारका क्रममा मध्यविन्दु जिल्ला अस्पतालमा मृत्यु भएको हो । हत्यामा संलग्न मगरसमेत सामान्य घाइते भएको उनले जानकारी दिए ।
घाइते मगरको प्रहरीको निगरानीमा मध्यविन्दु जिल्ला अस्पतालमा उपचार भइरहेको उनको भनाइ छ ।