संङ्खुवासभा: खाँदबारी –९ को मनकामना धाममा रहेको श्रीहरि अध्यामिक गुरुकुलको छात्रबासमा गत २८ गते विहान आएको पहिरो क्षति पु¥याएको छ । छात्रबासको २ सय मिटर माथि बाट आएको पहिरोले मन्दिर परिसमा समेत क्षति पु¥याउनु को साथै गुरुकुलका ३० जना विद्यार्थी र २ जना शिक्षक बस्ने छात्रबासमा बाढी पसेर सबै कोठाहरु हिलोले भरिएका छन् । २८ गते आएको बाढीले छात्रबास भित्रका खाद्यान्न तथा लत्ताकपडामा हिलोले पुरिएका छन् । गुरुकुल विद्यालयमा अहिले विभिन्न जिल्लाका ३० जना विद्यार्थीले अध्ययन गरिरहेका छन् ।

khadbari 2

कुनै मानविय क्षति नभएता पनि विद्यार्थीको बासस्थान र खाद्यान्नमा संकट देखा परेको छ । बाढीले छात्रबास पुरिएपछि त्यहाँ रहेका विद्यार्थी र शिक्षक विद्यालयको एउटा कोठामा बस्न बाध्य भएका छन् । २८ ÷३० जना विद्यार्थी शिक्षकहरु एउटै कोठामा बस्नु पर्दा निकै असहज भएको विद्यालयका आचार्य लक्षमण पोखेरलेले बताए । गुरुकुलको अवस्था देखेर नजिकै रहेको अर्को विद्यालय मनकामना रत्न अम्बिका माध्यमिक विद्यालयका प्रधानाध्यापक कुबेर प्रसाद भेटुवालले आफ्नो विद्यालयमा रहेको किवानिज क्लव तुम्लिङटार मार्फत छात्रबासको बाढी पन्छाउने काम र तत्कालका लागि राहत स्वरुप ५ हजार प्रदान गरिएको बताए ।

गुरुकुल ब्यवस्थापन समितिका अध्यक्ष देबेन्द्र घिमिरे गुरुकुलमा रहेका विद्यार्थीहरु पहिरोका कारण विचल्लीमा परेको बताउँछन् । बाढीका कारण उनीहरुलाई अप्ठयारो परेको उनको भनाइ छ ।

बाढीले कक्षाकोठा पुरिएपछि विद्यार्थीहरुलाई अहिले एउटै कोठामा कोचेर राख्नु परेको गुनासो गरे । गुरुकुलका आचार्य र विद्यार्थीहरुले अहिले खाने, बस्ने र पढ्ने एउटै कोठामा गर्नु परेको दुखेसोे पोखे ।

यस विपदको घडीमा सहयोगको पर्खाइमा रहेको आचार्य लक्षमण पोख्रेलले बताए । तुम्लिङटार किवानिज क्लवको तर्फ बाट तत्काल गरिएको सहयोग प्रति गुरुकुलका पोख्रलले आभार प्रकट गरे।

khadbari 3