इटहरी :लगातार वर्षाको कारण सप्तकोशी नदिमा पानीको बहाव उच्च भएको छ । कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार सप्तकोशी नदिमा शनिबारको पछिल्लो मापन अनुसार पानीको बहाव २ लाख ६१ हजार ३ सय १५ क्युसेक पुगेको छ । जुन यो वर्षको अहिलेसम्म उच्च हो । व्यारेजको ५६ ढोका मध्य ३६ वटा खोलिएको छ । यस्तै पानीको बहाव उच्च भएपछी सप्तकोसी व्यारेजमा खतराको संकेत स्वरुप रातो बत्ती बालिएको छ ।

पानी पर्ने क्रम जारी रहेकोले पानीको बहाव थप बढ्ने अनुमान गरिएको छ । सप्तकोशीमा पानीको बहाव बढेपछि स्थानीय प्रशासनले नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । कोशीमा पानीको बहाव १५०००० क्युसेक पुगेपछि रातो बत्ति बाल्ने गरिन्छ ।