इटहरी :आज पनि सातै प्रदेशका धेरैजसो स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार शनिबार प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा र प्रदेश ५, सुदूरपश्चिम र कर्णाली प्रदेशको १र२ स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । हाल मनसुनी न्यून चापिय रेखा नेपालको तराई भूभाग नजिक रहेको छ ।

महाशाखाले आगामी २४ घण्टामा देशका धेरैजसो स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको सम्भावना रहेकाले नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल, पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरेको छ ।

अविरल वर्षाका कारण अधिकांश नदीको सतह बढ्दै गएको छ । सप्तकोसीमा बाढी बढेपछि भारततर्फका ३८ ढोका खोलिएका छन् ।