बझाङ: बझाङमा पहिरोमा परि १७ घर पुरिएका छन् भने २० जना वेपत्ता भएका छन्।

केरास्युँ गाउँपालिकाको वडा नम्वर ८ मल्लेसीमा गए राति बस्तीमाथिबाट आएको पहिरोले बस्तीका धेरै घर पुरेको गाउँपालिका उपाध्यक्ष निशा धामीले जानकारी दिइन् ।
उनले २० बढी जना च्यापिएको तथा धेरै पशुचौपाया पुरिएको भन्ने जानकारी आफूँले पाएको बताएकी छन्।

नेपाली सेनाको हेलिकप्टर उद्धारका लागि आउने भन्ने आश्वासन पाइएको उनले बताइन्।
यस्तै पहिरोले बझाङका थुप्रै स्थानमा सडक र पुल भत्केका छन्।

छिटो उद्धारका लागि नेपाली सेनाको टोली, प्रहरी र स्थानीय तहको टोली घटनास्थलतर्फ पठाइ सकिएको उनले बताइन् ।

गाउँपालिका केन्द्रबाट मल्लेसी वस्ती ५ घण्टाको पैदल दुरीमा पर्छ।
bajhang 3 bajhang 2