विराटनगरः हृदयचन्द्र सिंह प्रधानद्वारा लिखित उपन्यास ‘एक चिहान’ लाई नाटकमा रुपान्तरण गरेर मञ्चन थालिएको छ । सुशीला कोइराला आरोहण गुरुकुल नाटकघर विराटनगरमा नाटक एक चिहानको मञ्चन थालिएको हो ।

‘हामी युवा’ नामक नाटक समूहको सक्रियतामा स्वर्गीय उपन्यासकार प्रधानद्वारा लिखित उपन्यास आगामी असोज १६ गतेसम्म मञ्चन हुने निर्देशक मुकेश कर्णले बताए ।

साँझ ५ बजेदेखि मञ्चन हुने नाटकले गत शनिबारदेखि लगातार नाट्यप्रेमी दर्शकलाई तानिरहेको छ । नाटकमा देवेन्द्र यादव, सुरेश मण्डल, अश्मिना भट्ट कर्ण, उद्धव सापकोटा, राजेश ढकाल, राम राजवंशी, अनु श्रेष्ठ, समीक्षा कार्की, विकास पराजुली, प्रेम दाहाल, सुवास बिष्ट र भरत कार्कीले अभिनय गरेका छन् ।

eak chihan