भोजपुर: भोजपुरमा एक बालिकाको चट्याङ लागेर ज्यान गएको छ । ट्याम्केमैयुङ गाँउपालिका १ तिम्मा सुम्लीखाका स्थानीय रामजी राउतकी अन्दाजी १० बर्षिया छोरी रितिका राउतको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दिंलाले जानकारी दिइएको छ ।

उनी षडानन्द नगरपालिका ३ मामली घरमा बस्दै आएकी थिइन् । बालिकालाई आइतबार दिउँसो ४ बजेतिर खेतमा रोपाई भईरहेको समयमा बर्षासँगै परेको चट्याङ्ले लागेको थियो । चट्याङ् लागेर गम्भीर घाईते भएकी बालिकाको उपचारको लागी स्थानिय खार्ताम्छा उप स्वास्थ्य चौकी पु¥याए लगतै स्वास्थ्यकर्मीले मृत घोषणा गरेको ईलाका प्रहरी कार्यालयका दिंला प्रमुख तथा प्रहरी निरिक्षक भाष्कर खतिवडाले जानकारी दिए ।