इटहरीः सर्जकका सृजना भाग २ मा आज हामीले युवा कवि तथा प्राध्यापक प्रकाश खनाल ओजश्वीका ५ कविता भिडियोमा लिएर आएका छौं ।
स्कुल पढ्दा देखि नै कविता , गीत लेखनमा रुची राख्ने प्रकाशका २ वटा कविता संग्रह प्रकाशित समेत भईसकेका छन् । इटहरी ३ स्थायी घर भएका उनि प्राध्यापनका लागि यतिबेला काठमाण्डौं बसोबास गर्छन् । तेस्रो कविता संग्रह प्रकाशनको तयारीमा रहेका प्रकाशको प्रकाशित पहिलो कविता संग्रह बरु फुलहरु नफुलेकै राम्रो हो भने दोस्रो कविता संग्रह मन जस्ता ढुङ्गाहरु हो ।
आज हामीले उनले लेखेका दर्जनौ कविताहरु मध्येबाट ५ वटा कविताका रचनागर्भ सहित उनको आफ्नै वाचन शैलीमा पस्केका छौ । यहाँ उनका ‘देश दुख्दैन दुखि सकेपछि’, ‘मन त बरु फलामकै भए बेस’ , ‘बरु फुलहरु नफुलेकै राम्रो’,‘उस्तै उस्तै‘ र ‘मन’ भिडियोमा प्रस्तुत गरिएको छ ।