इटहरीः प्रदेश नम्बर १ कै प्रमुख पर्यटकिय गन्तव्य भित्र पर्ने इटहरीको तालतलैया देशमा जारी लकडाउनका कारण यतिबेला सुनसान छ । चैत्रको अन्तीम साताबाट जेष्ठ भरी यहाँ आन्तरिक तथा बाह्रय पर्यटकहरु प्रशस्तै आउने गरेका थिए ।

बैशाख १ गते त नयाँ बर्ष माउन आउनेहरुको यहाँ थामि नसक्नु गरि भीड लाग्ने गर्दथियो । थारु समुदायको सिरुवा मेला लाग्नुजेन्ल पनि यहाँ भिडभाड राम्रै हुने गरेको तालतलैयाका कर्मचारी डम्बर पाण्डे बताउछन् । तर, यसपालि कोरोनाको महामारीसंगै चैत्र ११ गतेदेखिको लकडाउनका कारण यो क्षेत्र संचालनमा आउने कुरै भएन् ।
अन्य क्षेत्र झै पर्यटकिय क्षेत्र तालतलैयामा पनि लकडाउन जारी नै छ । पाण्डेका अनुसार तालतलैया क्षेत्रमा अहिले ६ जना कर्मचारीहरुले रेखदेख गरिरहेका छन् । प्रदेश र केन्द्रबाट आएको बजेटले केही निर्माण कार्य चलिरहेकाले बेला बेलामा तालतलैया विकास तथा संरक्षण समितिका पदाधिकारीहरु तालतलैया आउने गरेका छन् ।

IMG_4979
तालतलैयामा रहेका तालहरु जलकुम्भीले भरिएका छन् । तालतलैया भित्र हिड्ने पैदल मार्गमा झारहरु पलाएका छन् । तालतलैया क्षेत्रमा ढुङ्गामा कुदेर बनाइएका मुर्ती राखिएका स्थानमा पनि झार पलाएका छन् । ती मुर्तीहरु पर्यटकको पर्खाइमा बसको झै देखिए । मुर्तीहरु मात्रै होइन, सो क्षेत्रमा निर्माण गरिएका स साना फैलैचाहरुले पनि पर्यटकको पर्खाई गरिरहेका भेटिए । ती स्थानमा तालतलैया विकास तथा संरक्षण समितिले पालेका दुई वटा घोडाहरु मस्त चरिरहेको अवस्थामा भेटिए ।
सो क्षेत्रका तालहरुमा कुदाईने खुट्टाले खियाउने जलपरी र नाउँहरु साँचो लगाएर साङ्गोमा राखिएको पाईयो । केही तालहरुमा कमलका फुलहरु प्नि फुलेको पाइयो । तालतलैया क्षेत्रभित्र रहेको मिनी चिडिया खानामा केही जंगली जनवारहरु आफ्नै तालमा रमाईरहेका कराईरहेको पाईयो । पश्चिमगेटमा पुरै ताला लगाइएको थियो । पुर्वी गेट अर्थात मुलद्धारको सानो ढोक खोलिएको थियो । जहाँ केही कर्मचारीहरु बसेका भेटिए ।

IMG_5007
समितिका अध्यक्ष वीरबहादुर राईका अनुसार गत सालको बैशाखमा मात्रै आन्तरिक तथा बाह्रय पर्यटकहरुको प्रवेश शुल्कबाट मात्रै ५ लाखको हाराहारीमा रकम संकलन गरिएको थियो । लकडाउनका कारण तालतलैया समितिलाई प्रवेश शुल्कमा मात्रै १० लाखबढी नै नोक्नशान हुन सक्ने उनले बताए । उनका अनुसार लकडाउनका कारण तालतलैयासंगै अगाडी खुलेका ठूला साना गरि एक दर्जनबढी होटलहरु बन्द हुँदा संचालकहरुलाई लाखौं नोक्सान भएको छ ।

IMG_4986 IMG_5020 IMG_5012 IMG_4998 IMG_4992 IMG_5010 IMG_4976 IMG_4989 IMG_4982 IMG_5002 IMG_5004 IMG_4990 IMG_4987