इनरुवाः थारु कल्याणकारिणी सभाले असोज १६ गते रामधुनीमा जितिया महोत्सव गर्ने निर्णय गरेको सभाकी अध्यक्ष राजोदेवी चौधरीले बताइन् ।
थारु कल्याणकारिणी सभा सुनसरीको सहयोग तथा थारु महिला सभा सुनसरीको आयोजनामा महोत्सव हुने भएको हो । महोत्सवमा रामधुनी नगरपालिकामा भेला भई आफ्नो भेषभुषा, जातीय पहिचान झल्कने झाँकी, ¥याली निकाली महोत्सवमा सहभागी हुने बताइएको छ ।
प्रमुख अतिथिको रूपमा कृषि राज्यमन्त्री रामकुमारी चौधरीलाई ल्याउने तयारी भएको महोत्सवमा ७ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।
महोत्सवसम्बन्धी जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा जितिया पर्वको महत्वको बारेमा पनि बताइएको थियो । कार्यक्रममा नेपाल आदिवासी जनजाति महासङ्घ रामधुनीका नगर अध्यक्ष राजकुमार चौधरी, थारु कल्याणकारीणि सभाका पूर्व सचिव मनोज चौधरीलगायतको उपस्थिति थियो ।