धरानः काठमाडौंमा भएको ‘मिस ग्राण्ड इन्टरनेशनल २०१८’ मा फष्ट रनरअप बनेकी इक्सा मादेनलाई धरानमा  सम्मान गरिएको छ ।

लिम्बू पत्रकार सङ्घ सुनसरीले मादेनलाई सम्मान गरेको हो । धरानको विजयपुर एफएमकी कार्यक्रम सञ्चालक उनी लिम्बू पत्रकार सङ्घ सुनसरीकी उपाध्यक्षसमेत हुन् । उनलाई संस्थाका सल्लाहकार एवं अग्रज पत्रकार हर्ष सुब्बा र संस्थाका अध्यक्ष कुशल लिम्बू कुरुम्बाङले संयुक्त रूपमा सम्मानपत्र प्रदान गरेका थिए । मादेनले अन्तर्राष्ट्रसम्म आफ्नो समुदायलाई चिनाउँदै शिर उँचो राख्न सफल भएकाले सम्मान गरिएको लिम्बूले बताए ।

आरके इन्टरनेशनल ग्रुपद्वारा २ महिनाअघि काठमाडौंमा सम्पन्न ब्युटी प्याजेन्टमा मादेन बेष्ट पर्सनालिटीको टाइटलसँगै फष्ट रनरअप बनेकी थिइन् । सम्मान कार्यक्रममा किरात याक्थुङ चुम्लुङका केन्द्रीय सदस्य सङ्गीता सुब्बा, सल्लाहकार निलिफा सुब्बा, स्वर्णिमहाङ फोम्बोलगायतको उपस्थिति थियो ।