इटहरीः जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वाअनुमान शाखा काठमाण्डौंले आज देशका बिभिन्न भागहरुमा मेघगर्जन ,चट्याङ्ग ,असिना र हावाहुरी सहित वर्षा हुने बताएको छ । नेपालमा स्थानीय वायुको प्रभाव देखिएको पनि सो शाखाले जनाएको छ ।
सो शाखाले आज आफ्नो बुलिटिन मार्फत सो कुरा सार्वजनिक गरेको हो । शाखाका अनुसार हाल देशको पूर्वी भु–भागमा आन्शिक बदली र बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहेको देखिएको जनाएको छ ।
शाखाले सार्वजनिक गरेको बुलेटिन अनुसार नेपालको पछिल्लो मौसमी विवरण यसप्रकार छः
जेठ ४ गते (आइतबार)
दिउँसोः देशको पूर्वी भू(भागमा सामान्य बदली र मध्य तथा पश्चिमी पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहनेछ। पूर्वी भू–भाग लगायत मध्य तथा पश्चिमी पहाडी भू–भागका थोरै स्थानहरुमा अपरान्हपछि मेघगर्जन , चट्याङ्ग , असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
रातीः देशको पूर्वी पहाडी भू–भागमा लगायत मध्य तथा पश्चिमी पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। पूर्वी भू–भागका एकरदुई स्थानमा मेघगर्जन, चट्याङ्ग ,असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
जेठ ५ गते (सोमबार)

दिउँसोः देशको पूर्वी भू–भागमा र मध्य तथा पश्चिमी पहाडी भू–भागहरुमा मध्यान्न पछि सामान्य बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहनेछ। पूर्वी भू–भाग लगायत मध्य तथा पश्चिमी पहाडी भू–भागका थोरै स्थानहरुमा अपरान्हपछि मेघगर्जन,चट्याङ्ग,असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
रातीः देशको मध्य तथा पूर्वी पहाडी भू–भागमा सामान्य बदली र तथा पश्चिमी पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहनेछ। देशका पहाडी भू–भागका एकरदुई स्थानमा मेघगर्जन , चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
जेठ ६ गते (मंगलबार)
दिउँसोः देशको पूर्वी भू–भागमा सामान्य बदली र मध्य तथा पश्चिमी पहाडी भू–भागहरुमा आन्शिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। पूर्वी भू–भागका थोरै र मध्य तथा पश्चिमी पहाडी भू–भागका एकरदुई स्थानमा अपरान्हपछि मेघगर्जन ,चट्याङ्ग , असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
रातीः देशको मध्य पहाडी तथा पूर्वी भू–भागमा आन्शिक बदली र तथा बाँकी भू–भागमा सामान्यतया मौसम सफा रहनेछ। देशका पहाडी भू–भागका एकरदुई स्थानमा मेघगर्जन,चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
पूर्वी भू–भाग लगायत मध्य तथा पश्चिमी पहाडी भू–भागका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन हुन मौसम पूर्वाअनुमान महाशाखाले अनुरोध गरेको छ।