इटहरीः कोरोना भाइरसको महामारीले विश्वनै आक्रान्त छ । दक्षिण एसिया पनि लकडाउनमा छ । तर, दक्षिण एसियाली सामुन्द्रिक टापुको मुलुक माल्दिभ्स रहेका इटहरीका पवन तेयुङ लिम्बु भने बिन्दास छन । उनलाइ न लकडाउनको पर्वाह छ । न त घरमै बसिरहनुपर्ने तनाव । नेपालका भुतपुर्व राष्ट्रिय भलिबल खेलाडी लिम्बु अहिले हिन्द महासागरमा डाइभिङ (जलयात्रा) गर्न व्यस्त छन ।

pawan12
मे ९ तारिख अर्थात यहि बैशाख २७ गते मलेसियाका जेनिफर, डाइभ इन्टक्चरसँग पौडिएका पवनले नेपालको राष्ट्रिय झन्डा लिएर करिब ४५ मिनेट जययात्रा गरे । देश, विदेशमा रहेका नेपालीलाई कोरोनाको त्रासबाट आत्मबल बढाउन यस्तो कार्य आफूले अपनाएको लिम्बुको भनाई छ । तेह्रथुमको सोल्मामा जन्मिएका लिम्बु स्थायी बसोबास भने इटहरी ५ मा हो ।
उनी करिब २ बर्ष अगाडि माल्दिभ्स बैदेसिक रोजगारका लागि पुगेका हुन् । उनी त्यस ठाउँमा जलयात्राको बारेमा प्रशिक्षण लिने दिने काम गर्दै आएका छन् । आफन्त, साथीभाईहरुले जलयात्रा नगर भनेपनि आफ्नो चाहना र मन भएकाले लक्ष्य पुरा गरेर छोडेको उनि बताउँछन् ।


माल्दिभ्सको नर्थ माले एटल भन्ने स्थानमा बस्छन् लिम्बु । उनी जहाँ बस्छन् त्यहाँबाट हिन्द महासागर नजिकै पर्छ । यतिसम्म नजिककी सामुन्द्रिक छाल आफ्नो रुमको ढोका सम्म आउने गरेको उनले बताए । करिब ६० मिटर गहिराईमा पुगेर उनले ४५ मिनेट लामो जलयात्रा गरेका हुन् । उनले मे ९ तारिख बिहान ९ः१५ बजे बाट सुरु गरी ९ः४५ बजे फर्केका हुन् । निकै साहसिक मानिने डाइभिङ (जलयात्रा) गरेपछि आफ्नो आत्मबल कत्तिको छ भन्ने आफैले सहजै बुझ्न सकिने बताए ।
नेपालमा आम मान्छेले त्यति धेरै नसुनेको डाइभिङ बारेमा लिम्बुले प्रदेशपोर्टलसँग अनलाइन अन्तरार्वातामा बस्दै जानकारी बाँढेका छनः
डाइभिङ भनेको के हो ?
सामान्यतया पानिमा छलाङ मार्नु लाई डाइभ भनिन्छ डाइभिङ भनेको पानी भित्र डाइभ गर्ने एक माध्यम हो जहाँ गोताखोरले पानी भित्र पूर्णतया स्वतन्त्र रूपमा स्वासप्रस्वास गर्न सक्दछ ।
डाइभिङ को महत्वः
१) अन्वेषण
समुन्द्रि भागहरू धेरैले अन्वेषण गर्न सक्दैनन् समुद्रले पृथ्वीको सतहको ७१ प्रतिशत ओगटेको छ। यदि तपाईंको लक्ष्य समुन्द्रि संसार हेर्नु र खोज गर्न छ भने तपाईंले स्कूबा डाइभ सिक्न आवश्यक छ ।
जमिन सतहमा जस्तै समुन्द्रि परिसर प्राकृतिक बिम्बले हराभरा रहन्छ। बगैचा झै कुदिएका चट्टान, प्राकृतिक रङीचङी समुन्द्रि जिव र समुन्द्रि बनस्पति मुख्य आकर्षण हुन् ।
२) खोज
मानव निर्मित अथवा प्राकृतिक बिम्बहरु समुन्द्रि सतमा बिलिन भएका छन ति बिम्बहरु लाई आजको युगमा ज्ञानको लागी खोज गर्न नितान्त आवश्यक ठान्दछु ।
जस्तै ः हामिलाई थाहा छ बिश्व युद्द मा प्रयोग गरिएका बिभिन्न साधनहरु समुन्द्रि सतहमा खसालिएको कुराहरु, टाइटानिक जहाजको भयावहक दुर्घटना साथै समुन्द्रि सतहको प्रति दिन आयतन बड्नुले प्राकृतिक बिम्बहरु समुन्द्रि सतहमा परिणत हुनु। यि सम्बन्ध लाई खोज गर्न सक्ने माध्यम मात्र डाइभिङ हो ।
३) ब्यायम
डाइभिङ लाई ब्यायम को रुपमा पनि लिन सकिन्छ किनकी डाइभिङ ले मानव शरिरलाई चालको अवस्थामा राख्दछ जबकी लगातार को डाइभिङ ले मानव कोषहरु लाई मजबुद बनाउदछ ।
साहसिक यात्रा
मानव प्रजाति सतहमा रहेर स्वासप्रस्वास गर्ने प्रजाति हो । जबकी पानि मुनि पनि बिभिन्न अड्चनका साथ सतहमा जस्तै स्वासप्रस्वास गरि यात्रा गर्न कमजोर मुटुलाई पक्कै यो सम्भव हुदैन । तेसैले आजको युगमा साहसिक यात्राको लागि डाइभिङ उपयुक्त ठान्दछु ।

४) समुन्द्रि जिवको अवस्था अन्वेषण ।
जमिन मा भन्दा समुन्द्रि दुनिया मा जिवको संङ्ख्या धेरै रहेको बिज्ञानले प्रमाणित गरेको कुरा हो१ पक्कै पनि समुन्द्रि सतहको यात्रा तय नभए सम्म ति जिव र तिन्को बासस्थको अवस्था अन्वेषण सम्भव छैन ।
सामान्यतया डाइभिङ गर्न बन्चित यो अवस्थामा गरिन्छ ।
बालबालिक
बृद्द अवस्था
हालसालै अपरेसन भएमा
शरिरका कुनै पनि अङ्ग घाइते रहेमा
नाक बन्द भएमा
कुलतको अत्याधिक लत रहेमा
पौडिन असक्षम
स्नोरकिलिङ असक्षम
शारिरिक असक्तता
गर्भवति महिला

खेलकुदमा भबिष्य अन्धकार देखेर बैदेशिक रोजगारीमा आउन उनि बाध्य भए ।

सानै उमेर देखि खेलकुदमा चाख राख्ने लिम्बु खेलकुदमा लागेपछि पढाई बिचमै छोडे । बि.स.२०६२÷६३ मा जिल्ला स्तरीय भलिबल हुदै क्षेत्रिय भलिबल खेलाडी सम्म भए । तर उनको दिनप्रतिदिन आर्थिक अबस्था कमजोर हुदैं गयो । यति हुदाँहुदै पनि उनले खेललाई माया मार्न सकेनन् ।

pawan 4
उनले ६४ देखि ६८ साल सम्म राष्टिय स्तरमा खेल खेले तर राज्यले खेलाडीको कुनै वास्ता नगरेकाले ७९ सालमा बैदेशिक रोजगारीका लागि बिभिन्न खाडीमुलुक गएको र फेरी नेपाल फर्की बिगत २ वर्ष देखि माल्दिभ्समा रहेको बताए ।
लिम्बु भन्छन्–‘ म मात्रै हैन नेपालमा राम्रो खेल खेल्ने खेलाडी आर्थिक अभावका कारण अर्काको देशमा तातो घाममा काम गरिहेको छु । नेपाल सरकारले खेलाडी माथि वास्ता नगर्दा उमेर हुन्जेल देशका लागि गरियो जब उमेर ढल्किदै गयो अनि अर्काको देशमा काम गर्न जानु पर्ने बाध्यता आयो ।’

pawan 1
उनले राज्यले खेलाडीलाई वेवास्था गर्दा आफु जस्ता सयौं नेपाली खेलाडीहरुको भबिष्य अन्धकार बन्दै गइरहेकोमा चिन्ता व्यक्त गरे । उनले खेलाडीहरुलाई सम्मान गर्न र देशकै खेलक्षेत्रमा योगदान गर्न सक्ने वातावरण राज्यले सृजना गर्नु पर्ने बताए ।

pawan 2