आदरणीय इटहरीबासी आमा बुबा दाजु भाइ दिदी बहिनीहरु हामिले मानबता र बिबेक गुमाउनु हुदैन । हाम्रो प्यारो नेपाली सस्कार र मर्यादा कायम राखौ ( अतिथी देबो भव) त्यो घरमा मुस्लिम समुदाय बसेको छ उता पनि भारतका मानिस बसेका छन् भनेर फोन गरेर हैरान भयो ।
भारतबाट आएर पहिले देखि आफ्नो काम गरि खाने समुदायलाई एउटै आँखाले नहेरौ उहाँहरु पहिले देखि नै घर या डेरामा बसेर आफ््नो पेसा ब्यबसाय गरेर खानु भएको छ । अलि वरपरको मानिस भन्ने बित्तिकै त सबै सन्क्रमित होइन नि ? अनि अरु समुदायका चाहिँ सन्क्रमित नहुने होइन । लकडाउन र सामाजिक दुरि कायम गरौ । हामी जो जहाँ छौ त्यही सुरक्षित बसौ अनाबश्यक रुपमा एउटा समुदाय प्रती हेर्ने दृष्ठिकोण फरक बनाउनु उपयुुक्त होला र ? बरु उहाँहरुसंग खानेकुरा छ कि छैन् ? सोधौ तपाईंसंग भए बाँडेर खाऔं नभए हामिलाई खबर गर्नुस् । हामी राहत प्याकेज पठाउछौं ।
तपाईं आफू घरबाट ननिस्कनुस कोरोना भाइरसले तपाइलाई खोज्दै आउदैन । तपाईं हामी बाहिर हिन्न डुल्नका लागि अरु मान्छे प्रती अनाबश्यक शंका नगरौ । मानव अधिकारको सम्मान गरौ । बाहिर बाट भर्खरै आएका नेपाली या अरु कोहि भेटिए खबर गरौ । कयौ बर्षदेखि यहि बसेर श्रमगरि खाने साथीभाइ र छिमेकी प्रती कुनै पनि खालका दुव्र्यवहार नगरौ । एक पटक सम्झौ त हाम्रा नेपाली नागरिकहरु विश्व भर छरिएर बसेका छ्न । उहाँ हरुलाई त्यहाँका स्थानियबासीले गलत व्यवहार गरे कस्तो होला? धैर्यता सहनसिलता, पोजेटिभ सोच र दृष्ठिकोण नै कोरोनासंग लड्ने अर्को अचुक औषधि हो । यो मानव जातीको रक्षा गर्ने समय हो । कुनै समुदाय जाति बिषेशलाई अनावश्यक शंकागरि सामाजिक सद्भाव खलबलाउने समय होइन् । सबै मिलेर कोरोना विरुद्ध लडाईको मोर्चामा एकबद्ध हुने समय हो । नेपालीको सुन्दर संस्कारले नै तपाईं हामी सबै को रक्षा हुनेछ ।
नेकपा नेता रेवती घिमिरे यसो भन्छन्
जसरी बुद्ध धर्मावलम्वी भिक्षुहरु आफ्नो घर परिवार सरा त्यागेर गुम्बामा बस्ने , धार्मिक शिक्षा दीक्षा लिने र घुमफिर गर्ने गर्छन् त्यसै गरि मुस्लिम धर्मावलम्वीमा एउटा समुदाय आफ्नो धर्म प्रचार गर्न घुमफिर गरेर हिड्ने गर्छ , तिनिहरुलाई तबलिगी जमात भनिन्छ । यो मुस्लिम समुदायहरुको एउटा धर्म समूह मात्र हो । सिङ्गो मुस्लिम समुदाय होइन। बौद्ध धर्मका भिक्षु जस्तै हो । जमातमा हिडेको बेला यिनिहरु मस्जिदमा बस्छन् र उनिहरुको धर्मले पनि त्यही भन्छ । धार्मिक कट्टरपनाका कारण उनिहरु आफै पनि समस्यामा छन् ।
अहिले विभिन्न मस्जिदमा भेटिएका जमातीहरुमा जसरी कोरोना भाईरस संक्रमण भेटिएको छ त्यसले सिङ्गो मुस्लिम समुदायलाई नै पनि जोखिम बढाएको छ ।
यस्तो परिस्थितिमा हामीले गर्ने टिप्पणी र प्रतिक्रिया सुझबुझ पुर्ण र सन्तुलित हुन जरुरी छ । हाम्रा टिप्पणीले कहीँ कतै सिङ्गो मुस्लिम समुदायमानै अपमान पुग्न सक्छ कि भनेर हेक्का रहन जरुरी छ । यो समस्यालाई समाधान गर्न मुस्लिम समुदायको समेत सहयो लिएर अगाडि बड्न सक्नु पर्छ ।
त्यसैले संयमित बनौ, कोभिड १९ संग मिलेर लडौं । साम्प्रदायिक विभेद देखिने तथा अन्य सम्प्रदायहरुलाई अपमानित हुने स्टाटस पोष्ट नगरौ । यस्ता जमाती तथा मस्जिदमा रहेका गैर नेपाली तथा शंकास्पद संक्रमित खोज्न मुस्लिम सम्प्रदायको मद्दत लिऔ । एक नेपालीले अर्काे नेपालीमा भाईचाराको सम्बन्ध विकास गरौ ।