धरानः धरानका कलाकारहरूले राहत वितरण गरेका छन् । लकडाउनका कारण काम गर्न नपाएर समस्यामा परेका विपन्न परिवारहरूलाई उनीहरूले राहत प्रदान गरेका हुन् ।
धरान १५ का वडाअध्यक्ष नरेश इवारमको आग्रहमा शिवगङ्गा बस्तीका एक सय दुई परिवारलाई राहत प्रदान गरिएको हो । धरानमा नाटकघर निर्माणका लागि अग्रज रङ्गकर्मी प्रेम सुब्बाको अध्यक्षतामा गठित उपभोक्ता समितिको सक्रियतामा सो राहत वितरण गरिएको हो ।
यसका लागि ह्वाइट हाउस इन्स्टिच्युटले ३० हजार, समितिका सदस्य नवीन मेन्याङ्बोले २५ हजार, कलाकार एवम् खेलाडी किशोर सम्वाहाङ्फेले १० हजार तथा समितिका अध्यक्ष सुब्बा र अन्य सदस्यहरू राजेश विद्रोही, रविन श्रेष्ठ, हिमाल दाहाल र विजय सुब्बाले ४÷४ हजार रुपैयाँ सहयोग प्रदान गरेको समितिका सचिव एवम् ह्वाइट हाउसका सीइओ अरुण प्रधानले बताए ।
राहत वितरणका लागि कलाकारहरूको टोली धरान १५ को शिवगङ्गा बस्ती पुगेको थियो । अध्यक्ष सुब्बाले राहत वितरण कार्य प्रारम्भ गरेका थिए । त्यस क्रममा वडाअध्यक्ष इवारमले विपन्न परिवारको सङ्ख्या धेरै भएकोले थप राहत जुटाइदिन आग्रह गरेका थिए । सुब्बाले पनि थप राहत जुटाउन पहल गर्ने प्रतिबद्घता व्यक्त गरेका थिए । राहतमा हरेक परिवारलाई ज्ञण् केजी चामल, दाल, न्युटेला, नुन, तेल । साबुन प्रदान गरिएको थियो ।

92990243_2590406444568160_863618769610604544_n