इटहरीः कोरोना भाइरस(कोभिड १९ ) को संक्रमणका कारण २४ घण्टाको अवधिमा विश्वभरी ७४ हजार ७ सय ४७ जनाको मृत्यु भएको छ । २४ घण्टाको अवधिमा सो भाइरसको संक्रमितको संख्या विश्वभर १३ लाख ४५ हजार ७ सय २२ पुगेको छ । केहीबेर अघिको रेकर्ड अनुसार विश्वभर २४ घण्टाको अवधिमा ७१ हजार ८ सय २१ जना संक्रमित थपिएका छन् । विश्वभर २ लाख ७८ हजार ४ सय १३ जना सो भाइरसबाट संक्रमितहरु निको भएका छन् । 

२४ घण्टाको अवधिमा सबैभन्दा बढी सो भाइरसको संक्रमणका कारण अमेरिकन नागरिकले ज्यान गुमाएका छन् । सो अवधिमा अमेरिकामा १ हजार २ सय ५५ जनाले ज्यान गएको छ , योसंगै अमेरिकामा सो भाइरसको संक्रमणका कारण मृत्यु हुने नागरिकको संख्या १० हजार ८ सय ७१ जना पुगेको छ । अमेरिकाले विश्वभरी नै संक्रमित हुने नागरिकको संख्यामा पनि अग्रस्थान लिएको छ । २४ घण्टाको अवधिमा अमेरिकामा कोरोना भाइरसको संक्रमणका नयाँ ३० हजार ३ सय २ जना बिरामी थपिएका छन् । यो संगै अमेरिकामा संक्रमित हुनेको कुल संख्या ३ लाख ६६ हजार ९ सय ७५ जना पुगेको छ ।
अमेरिकापछि सबैभन्दा बढी फ्रान्सका नागरिकहरुले यो २४ घण्टाको अवधिमा सो भाइरसको संक्रमणका कारण ज्यान गुमाउनु परेको छ । फान्समा एक दिनमा ८ सय ३३ जना नागरिकले ज्यान गुमाउनु परेको छ । योसंगै फान्समा ज्यान गुमाउनेको संख्या ८ हजार ९ सय ११ पुगेको छ । यो देशमा जम्मा संक्रमितको संख्या ९८ हजार १० छ । एक दिनमा ५ हजार १ सय ७१ जना नयाँ संक्रमितको संख्या थएिको छ ।

त्यसैगरि स्पेनमा एक दिनमा ७ सयले ज्यान गुमाएका छन् । योसंगै स्पेनमा सो भाइरसको संक्रमणका कारण ज्यान गुमाउने नागरिकको संख्या १३ हजार ३ सय ४१ पुगेको छ । सो देशमा जम्मा संक्रमितको संख्या १ लाख ३६ हजार ६ सय ७५ जना छ । एक दिनमा ५ हजार २९ जना नयाँ संक्रमित थपिएका छन् । इटालीमा एक दिनमा ६ सय ३६ जना नागरिकले ज्यान गुमाएका छन् । यो शुरुवाती दिनहरुको भन्दा केही कमि नै हो । सो देशमा जम्मा ज्यान गुमाउने नागरिकको संख्या १६ हजार ५ सय २३ पुगेको छ । सो देशमा अझै १ लाख ३२ हजार ५ सय ४७ नागरिक सो भाइरसबाट संक्रमित भएका छन् । एक दिनमा थप ३ हजार ५ सय ८८ जना नागरिकमा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो रेकर्डसंगै इटालीमा संक्रमित हुने संख्यामा न्यून हुदै गएको छ ।

_111626361_gettyimages-1209150285
बेलायतमा कोरोना भाइरस संक्रमणका कारण २४ घण्टाको अवधिमा ४ सय ३९ जना नागरिकको ज्यान गएको छ । योसंगै सो देशमा ज्यान गुमाउने नागरिकहरुको संख्या ५ हजार ३ सय ३७ पुगेको छ । यो देशमा संक्रमितको जम्मा संख्या ५१ हजार ६ सय ८ पुगेको छ । एक दिनमा ३ हजार ८ सय २० नयाँ संक्रमित थपिएका छन् । यो सबै रेकर्ड हेर्दा बेलायतमा कोरोना भाइरसबाट संक्रमित हुने र ज्यान गुमाउने नागरिकहरुको संख्या बढ्दो क्रममा छ ।
जर्मनीमा २४ घण्टाको अवधिमा २ सय २६ जनाले ज्यान गुमाएका छन् । योसंगै सो देशमा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउने नागरिकको संख्या १ हजार ८ सय १० पुगेको छ । जम्मा संक्रमितको संख्या १ लाख ३३ हजार ७४ जना छन् । एक दिनमा ३ हजार २ सय ५१ जना नयाँ संक्रमित थपिएका छन् । यो देशमा पनि कोरोना भाइरसको संक्रमणले अवस्था भयाभह हुने देखिन्छ ।
इरानमा कोरोना भाइरसका कारण ज्यान गुमाउने नागरिकहरुको संख्या ३ हजार ७ सय ३९ जना पुगको छ । एक दिनमा १ सय ३६ नागरिकले सो भाइरसका कारण ज्यान गुमाएका छन् । सो देशमा संक्रमितको जम्मा संख्या ६० हजार ५ सय पुगेको छ । एक दिनमा २ हजार २ सय ७४ जना नयाँ संक्रमित थपिएका छन् । बेल्जियममा कोरोना भाइरसका कारण हालसम्म १ हजार ६ सय ३२ जनाले ज्यान गुमाएका छन् । एक दिनमा १ सय ८५ जनाले सो भाइरसका कारण ज्यान गुमाएका छन् । सो देशमा हालसम्म संक्रमितको संख्या २० हजार ८ सय १४ छ भने २४ घण्टाको अवधिमा १ हजार १ सय २३ नयाँ बिरामी थएिका छन् ।