इटहरीः आधुनिक युगमा हाम्रो परिवार र समाज भित्र भईरहेका घटनामा आधारित शिरकुमार साम्पाङ राईद्वारा निर्देशित पारिवारिक नेपाली कथानक चलचित्र ‘यथार्थ’ को पोस्ट प्रोड्क्सन कार्य अन्तिम चरणमा पुगेको छ । कालेम्पुङ निबासी दिपक सोलोम राईले निर्माण गरेको यो चलचित्रको अहिले पोस्ट प्रोड्क्सन अन्तिम कार्य धमाधम भईरहेको निर्देशक राईले बताए ।
सिक्किम , दार्जेलिङका ज्यादै रमणीय स्थान र नेपालको प्रदेश नम्बर १ का पर्यटकिय गन्तब्यहरुमा यो चलचित्रको छायांकन गरिएको थियो । चलचित्रको परिकल्पना /कथा / सम्बाद / सङ्गीत दिपक सोलोमनको रहेको छ । चलचित्रमा बिपना थापा आले र अतित सुब्बाको प्रमुख भुमिका रहेको छ । यो चलचित्रको निर्माता पनि दिपक नै हुन् ।
नेपालीहरु गुणस्तरीय फिल्म निर्माणदेखि गीत रेकर्ड गर्नु भारत गइरहेको समयमा भारत निवासी निर्माताले निर्देशक शिरकुमार राईको कामलाई मन पराएर शिरकुमारको प्रोड्क्सन हाउससंगको सहकार्यमा यो चलचित्रको निर्माण गरिएको हो ।

92138025_1055804651469174_1145495892699119616_n
निर्माताले शिरकुमारको जिएम प्रोडक्सनले उत्पादन गरेको बिभिन्न म्यूजिक भिडियोको गुणस्तर अनलाइन मार्फत हेरेपछि चलचित्र निर्माणका लागि सम्पर्क गरेका थिए । चलचित्रमा अभिनय गर्ने सबै कलाकार प्रायः भारतकै भएकाले शिरकुमारको प्रोड्क्सन हाउसका सबै इकुमेन्ट र प्राविधिकहरु उत्तै गएर डेढ महिनाबढी छायांकनको काम गरेका थिए ।
दिनेश राई( सुबिन) को छायांकन रहेको यस चलचित्रमा श्रृंगारको काम सोम मगरातीले गरेका छन् । सह– निर्देशन तथा इडिट वसन्त राइले गरेका छन् । कलरिङ भने शिरकुमारले नै गरेका छन् । चलचित्रको र्पाश्व संगीत भने गजेन बान्तवाले गरेका छन् ।
चलचित्रले अहिलेको आधुनिक प्रबिधिको बिकाससँगै परिवार कसरी तहसनहस हुँदै जाँदै छ त ? परिवारमा अभिभावक बीचको झगडाले छोराछोरीहरुमा कस्तो असर पर्न जान्छ ? र यसको परिणाम के हुन्छ ? भन्ने लगायतका सन्देश दिएको निर्देशक शिरकुमारले बताए । चलचित्र यहि आउँदो मे पहिलो हप्तामा प्रर्दशनमा आउने छ । चलचित्रलाई भारत र नेपालका बिभिन्न स्थानमा प्रर्दशन गरिने निर्देशक राईले बताए । 

92226562_1869784286488079_5417044029114155008_n 92531839_2456918764525517_5663521739691261952_n