इटहरी : नेपालको चर्चित रियालिटि सो कमेडी च्याम्पियनको उपाधि धादिङका हिमेस पन्तले पाएका छन् । उनले कार र नगद पच्चिस लाख  सहित कमेडी च्याम्पियनको टिम सगँ वल्र्ड टुर गर्न पाएका छन् ।

उत्कृष्ठ ३ जना मध्ये भोटको आधारमा गरिएको नतिजामा पन्तले पहिलो भएका हुन् । उत्कृष्ठ ३ मा सुनसरीका सुमन कोइराला, रोल्पाका खड्ग बहादुर पुन मगर र धादिङका हिमेस पन्त थिए । उत्कृष्ठ तिन मध्ये पन्तले धेरै भोट पाएका आधारमा उनी बिजेता बनेका हुन् ।

बिजेता पन्तलाई मह जोडी मदन कृष्ण श्रेष्ठ र हरिबंश आर्चायले पुरस्कार बितरण गरेको छन् ।  बिगत तिन महिना देखि शुरु भएको रियालिटि सोमा ८४ जना प्रतिस्पर्धीले सहभागिता जनाएका थिए । उक्त कार्यक्रममा बोल्दै रेडियो कान्तिपुरका स्टेसन् म्यानेजर दिनेश डिसिले यो कार्यक्रम अब पाचँ बर्षका लागि कमेडि च्याम्पियनको टिम सगँ हस्ताक्षर भएकाले आगामि बर्ष पनि  हुने बताए ।