इटहरीः उत्तरी मोरङको बेलबारी नगरपालिका ११ को हेभेन्ली पाथ नेपालको भवन बुधवार देखी शुक्रवार सम्म कलामय बन्यो ।

बेलबारी नगरपालिका, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र सखि फाइन आर्ट ग्यालरीको संयुक्त आयोजनामा भएको तीन दिने लोककला कार्यशाला तथा प्रदर्शनीमा २५ कलाकारहरू सहभागी भएका थिए ।

सुनसरी, मोरङ, झापा देखी धनकुटा सम्मका कलाकारहरूले यो क्षेत्रको कला, संस्कृति तथा लोक जीवनको चित्र क्यानभासमा उतारेका थिए ।

कार्यक्रमको उद्घाटन समारोहमा प्रष्ठिानका प्रज्ञा सभा सदस्य सञ्जय बान्तवाले कार्यपत्र प्रस्तुत गरेका थिए । समापनमा बोल्दै प्रतिष्ठानकी लोककला विभाग प्रमुख मिथिलादेवी यादवले मिथिलामा मात्रै नभएर नेपालका हरेक जनजाति तथा आदिवासीको लोकलाहरु सुन्दर भएको बताइन ।

समापन समारोहकी प्रमुख अतिथि बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुलीले नगरपालिकाले कला, साहित्य र सङ्गीतलाई माया गरेको बताइन । नेपालकी चर्चित कवि समेत रहेकी उपमेयर पराजुलीले आगामी बजेटमा कला, साहित्य र सङ्गीतमा भिन्न भिन्न शीर्षकमा बजेट विनियोजन गर्ने समेत बताइन ।
सखि फाइन आर्ट ग्यालरीका सञ्चालक तथा कलाकार गणेश लामा ‘आँशुु’ले २५ सहभागीले बनाएका २५ कलाकृतिहरू ग्यालरी सुरक्षित हुने बताए ।

pradeshportal.com 2 pradeshportal.com 3 pradeshportal.com 4 pradeshportal.com 1 pradeshportal.com 6