धरानः कवि बद्री भिखारीको नवीन कृति समुद्र साउतीमाथि धरानमा विमर्श गरिएको छ । कलरव धरानले आयोजना गरेको कार्यक्रममा भिखारीको पछिल्लो कृतिबारे समीक्षा गरिएको हो ।
कृतिमाथि कवि वम देवान र डा. रामजी तिम्सिनाले बोलेका थिए । तिम्सिनाले कविको उमेरभन्दा जवान सिर्जना रहेको भन्दै प्रशंसा गरे । उनले कृतिमा अब्बल सिर्जना रहेको बताए । ‘कविले मस्तिष्क र हृदयको भावलाई शब्दमा उतारेका छन्, कवितामा प्रयोग भएका बिम्ब शक्तिशाली छन्,’ तिम्सिनाले भने ।

IMG_2035

 

कार्यक्रमकी सभापति कुुन्ता शर्मले सर्जकका सिर्जनालाई पाठकसम्म पुु¥याउन कृतिमाथि कार्यक्रम हुुनुुपर्ने तर्क गरिन् । उनले कविको क्षमतालाई परिष्कृत गर्न कृति समीक्षा आवश्यकता रहेको भन्दै भिखारीका कविताले पाठकको मन जितेको बताइन् ।

IMG_2034

 

कवि भिखारीले पाठकको मायाले हौसाएको भन्दै आगामी दिनमा थप परिस्कृत सिर्जना पस्किने बताए । उनले चाँडै यात्रा संस्मरण ल्याउने तयारीमा रहेको जानकारी दिए । कार्यक्रममा कवि भिखारीले ‘तिमीले राम्रो भने पछि...’ र ‘नागरिकता...’ शीर्षकका २ वटा कविता वाचन गरेका थिए ।

IMG_2037