इटहरीः बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मलाको न्यायका लागि आज देशैभर आन्दोलन भएको छ । काठमाडौंका विभिन्न स्थान हुँदै मुलुकभरका अधिकांश स्थानमा निर्मलाको न्यायका लागि आवाज उठाइयो ।

इटहरीमा पनि स्वतन्त्र नागरिकको तर्फबाट निर्मलाका हत्यारालाई कारवाही गर्न सरकार चुुक्न नहुने भन्दै विभिन्न व्यक्तिले आवाज उठाएका छन् । इटहरीमा रहेर अधिकारका क्षेत्रमा काम गर्ने अधिकारकर्मी योशा गुुरागाईले महिला हिंसाको विषयलाई शक्ति र सत्ताको आडमा दबाउन नहुने तर्क गरिन् ।

इटहरीको मुुख्य चोकस्थित रेयुकाई चौतारीबाट निकालिएको र्यालीले नगर परिक्रममा गरेको थियो । र्यालीको नेतृत्वकर्ता गुुरागाईले सबै नागरिकले स्वतन्त्रतापूर्वक बाँच्न पाउने व्यवस्था संविधानमा ग्यारेन्टी भए पनि शक्तिविहीन नागरिकले न्यायका लागि याचना गर्नुुपरेको दुखेसो पोखिन् ।

त्यस्तै अधिकारकर्मी शोभा बजगाईले मुलुकको न्याय प्रणालीमा सबै नागरिकको समान पहुुँच हनुुपर्ने तर्क गरिन् । उनले निर्मलाको हत्यामा संलग्न जो कोही भए पनि तुरन्त पक्राउ गरी कानुनी कठघरामा उभ्याउनुुपर्ने बताइन् ।

सामाजिक अभियन्ता हीरा आचार्यले नागरिकको दिनदहाडै हत्या हुँदा पनि राज्यका जिम्मेवार निकाय दोषीलाई संरक्षण गर्ने बहानामा लागेको भन्दै सबैलाई समान न्याय हुनुपर्ने बताए । कुनै पनि अपराधीले शक्तिको आडमा निर्भयका साथ हिँडडुल गर्ने वातावरण बसे अपराधले प्रश्रय पाउने भन्दै त्यसलाई तत्काल रोक्न सरकारसमक्ष उनले आग्रह गरे ।

गत साउन ११ गते बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका हत्यारा अझै पत्ता लाग्न सकेका छैनन् । न्यायका लागि उनका बुबाआमा हाल काठमाडौंमा छन् ।