इटहरीः प्रतिनिधि सभा बैठकमा नेकपाकी नेतृ तथा सांसद राम कुमारी चौधरीले जोगबनी ,रानी ,बिराटनगर ,ईटहरी ,धरान हुँदै किमाथांका जोड्ने सडक ईटहरीमा ठाउँ अनुसारको फरक फरक मापदण्ड बनाइ सडक निर्माण कार्य गरेको प्रती सरकारको ध्यानाकर्षण गराएकी छिन् ।उक्त सडक निर्माण गर्न सरकारी मापदण्ड एउटै भएता पनि सडक बिभागका केही कर्मचारीहरुको केही मुठी भरका दलालहरु सङ्गको मिलेमतोमा ठूला महल भएको ठाउँमा एउटा मापदण्ड र गरीबका झुपडीमा एउटा मापदण्ड बनाइ सडक बनाई रहेको सांसद चौधरीले सदनमा उठाईन । मापदण्ड बमोजिम काम गराउनु पर्ने भन्दै ईटहरीका नागरीक समाज र युवाहरुले संघर्ष समिति बनाएर संघर्ष गरीरहेको प्रति आफ्नो समर्थन रहेको र सरकाले तुरुन्त मापदण्ड बमोजिम बनाउनु पर्ने भन्दै ध्यानाकर्षण गराएकी छिन ।