भोजपुरः प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बिगतका दुइ बर्ष आधार बर्ष भएको भन्दै आगामि तीन बर्षमा विकास र समृद्धिको बाटोमा हिँड्ने बताएका छन । आज भोजपुरको अन्नपुर्णमा आयोजित टेम्केमैयुङ मुन्धुम पर्यटकिय सांस्कृतिक महोत्सवमा बोल्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन ।
बिगतका दुइ बर्ष प्रदेश सरकारलाइ आवश्यक कानुनहरु र न्यूनतम आधार पुरा गर्न बितेको बताउँदै मुख्यमन्त्री राईले अबका तीन बर्षमा जनताले अनुभुत गर्ने विकास हुने बताए । जनप्रतिनिधिहरुलाइ जनताको काम नगर्न सुविधा नभएको भन्दै मुख्यमन्त्री राईले प्रत्येक दिनरात जनताको लागी काम गरिरहेको बताए । आफ्नो चुनाव क्षेत्रमा समेत पर्ने टेम्केमैयुङ गाँउपालीकाका स्थानिय उपस्थित भव्य सभामा मुख्यमन्त्रीले भने, ‘जनताको लागी काम गरेरै अहिले यो स्थानमा छु । कहिल्यै तपाँइहरुको शिर झुकाउने काम गर्ने छैन ।’
संघियता नै विकासको आधार बताएका मुख्यमन्त्री राईले संघियताले मात्रै हिमाल, पहाड र तराई जोड्न सक्ने तर्क गरे । पहिले २० हजारको बजेटको लागी सिंहदरबार जानुपर्नेमा अहिले प्रदेश सरकार आफैले अर्बका योजनाहरु संचालन गरिरहेको भन्दै मुख्यमन्त्री राईले संघियतामा प्रदेश सरकारले आशा जगाएको बताए ।
पहिले जस्तो सानातिना बाटो र गोरेटोमा नभइ ठुलो मैदानमा भएको बताउँदै मुख्यमन्त्री राईले भने, ‘विकास संभव छ । हामीले नै गर्ने हो ।’
कार्यक्रममा संघिय सांसद सुधन किराती तथा गाँउपालीका अध्यक्ष धु्रव राई लगायतले टेम्केमैयुङ महोत्वसको महत्व बारेमा बोलेका थिए । यसैबिच कार्यक्रममा विभिन्न ६ विधामा गाँउपालीकामा जन्मेर राष्ट्रिय स्तरको योगदान गर्ने विभिन्न व्याक्तित्वहरुलाइ सम्मान समेत गरिएको थियो ।
सम्मानित हुनेहरुमा इतिहाँसकार ज्ञानमणि नेपाल, गितकारबाट गणेश रसिक,राजनिज्ञबाट संघिय समाजवादीका प्रभावशाली नेता हेमराज राई, खेलक्षेत्रबाट पुर्व राष्ट्रिय भलिबल खेलाडि तथा ससस्त्र प्रहरीका पुर्व प्रमुख दोर्ज कुमार राई, समाजसेवी विष्णु कुमारी राई, अगुवा कृषक विष्णु अधिकारी र कर्मचारीतर्फबाट रेवतिरमण नेपाल रहेका थिए ।
टेम्केमैयुङ क्षेत्रमा भ्रमण बर्ष २०२० भित्र १० हजार पर्यटक तथा गाँउपालीकाको चखेवा क्षेत्रबाट सुरु हुने मुन्धुम ट्रेलको प्रचारमा महोत्सव केन्द्रित भएको गाँउपालीका अध्यक्ष ध्रुव राईले बताए ।



















