धरान: कुरुङबाङ र पाङमा एउटै बंश भएको भन्दै बंशको कुरामा जथाभावि नगर्न आग्रह, सुवास कुरुम्बाङ द्धारा हस्ताक्षर गरिएको प्रेस बिज्ञप्तीमा भनिएको छ ।

वर्तमान नेपालको पूर्वि भुभाग अरुण सप्तकोशी पुर्व खाम्बोङवा, लुङ्वोङवाको सन्तानको रुपमा मानिदैं आएका याक्थुङवा लिम्बु यहाँका एक प्रमुख जातिहरु एक आदिम बासी हुन् । खास गरी लिम्बुहरुको थरहरु निमार्ण ठाउँको नामबाट, वशंअथवा दाजुभाई छुट्टिदै जाँदा राखिदिएको नाम, सिकार खेल्दै जादा हराएर अर्कै थर भएर बसेको, कसै भने थुममा युद्धमा युद्ध जितेर आफ्नो थर राखेको, कोही बसाईको आधारमा भने कोही जन्मेको आधारमा भएको पाइन्छ तर जे भएपनि उकै हो भनि उक्त प्रेस विज्ञप्तीमा उल्लेखित गरिएको छ ।