इटहरी: पछिल्लो समय पूर्वको केन्द्रबिन्दु मानिएको शहर हो इटहरी । यस शहरमा दिन प्रतिदिन ठुला ठुला लगानीमा खोलिने होटल, क्याफे, सेकुवा कर्नर बढ्दो छ । यसमा पनि इटहरी र धरानको बिचमा पर्ने हलगडा देखि तरहरा होटल व्यापारको नामले चिनिने ठाउँ हो । फराकिलो ठाउँ गाडी, बाइक पार्किङ, सुबिधा सम्पन्न होटलले गर्दा धेरै जसोको मन त्यस क्षेत्रमा ध्यान जाने गरेको छ ।

यहि भूगोललाई आधार बनाई पछिल्लो पटक खोलिएको रेष्टुरेन्ट हो आपँगाछी यातायात कार्यालय क्षेउमा रहेको लालिगुँरास रेष्टुरेन्ट एण्ड सेकुवा कर्नर, करिब तिन महिना अगाडी खोलिएको रेष्टुरेन्टले अहिले आफ्नो ब्यबसायलाई उचाईमा पुर्याएको छ ।

गोबिन्द प्रसाद लिम्बु, काशीनाथ भण्डारी, दुर्गा लिम्बु, रुद्रप्रसाद ढकालको करिब एक करोड पचास लाखको सयूक्त लगानीमा खोलिएको उक्त होटलमा १४ जना ब्यक्तिलाई प्रत्यक्ष रोजगारी दिई रहेको रेष्टुरेन्टका म्यानेजर मनोज भण्डारी बताउँछन् । पाँच कठ्ठा जग्गा लिजमा लिएर सञ्चालनमा ल्याइएको रेष्टुरेन्टले अबको केही समयमा सुबिधा सम्पन्न गेष्ट हाउस पनि सञ्चालन गर्न लागिएको भण्डारीले बताए ।

उक्त रेष्टुरेन्टमा पहाडी भेगको खाना नास्ता, करिब तीन सय जना अट्न सक्ने क्षमता भएको सुबिधा सम्पन्न बस्न सक्ने ठाउँ, पार्किङको ब्यबस्था, बर्थ डे पार्टि, बिबाह पार्टीको लागि राम्रो प्रबन्ध रहेकाले ग्राहकको रोजाई बनेको म्यानेजर भण्डारीको बनाई छ ।

laliguras 3 laliguras 1 laliguras 2