इटहरी: बिगत केही महिना देखि शुरु भएको चर्चित कमेडियन रियालिटि सो कमेडी च्याम्पियनमा इटहरीका सुमन कोइरालाले उत्कृष्ट प्रस्तुति दिदैँ धमका मच्चाएका छन् ।

मंगलबार बेलुका जग्गा दलालिको रुपमा पुर्ण कथामा डुबेर प्रस्तुती दिएका सुमनले अहिले सम्मको टप रियालिटि सो रहेको जर्ज मध्येका एक मनोज गजुरेलले उक्त सो मा बताएका छन् । गजुरेलले आफुँले लेखेको जोक्सशास्त्र समेत सुमनलाई दिएका हुन् । उक्त रियालिटि सो मा ४ जना जर्जले उठेर कोइरालाको प्रशंसा समेत गरेका थिए ।

भोटको कमिले टप १० बाट बाहिरिएका सुमन फेरी वाइल्ड कार्ड दाबेदारीका लागि प्रतिस्पर्धामा होमिएका हुन् । यो सगैँ सुमन अब टप ७ भित्र परेका छन् । सुमनको जन्मथलो भोजपुर हो भने अहिले उनी इटहरी बस्दै आएका छन् । सुमनले आफुँ टप १ मा आउन चाहेकाले शुभचिन्तक तथा सम्पुर्ण दर्शकलाई भोट गरि जिताउन समेत आग्रह गरेका छन् । भोट गर्नका लागि नेपाल भित्रबाट इसेवा एप तथा बिदेशबाट कमेडी च्याम्पियनको मोबाइल एप बाट गर्न सकिनेछ ।