मेल्बर्नःफोकनर नेपाली समाजले अंग्रेजी नयाँ बर्ष तथा क्रिसमसको उपलक्ष्यमा शुभकामना आदन प्रदान तथा पिकनिकको आयोजना गरेको छ । कार्यक्रम अष्ट्रेलियाको मेल्बर्न नर्दन क्षेत्र स्थित पार्कर रिजर्भमा सम्पन्न भएको हो ।
सो कार्यक्रममा फोकनर क्षेत्रमा बसोबास गर्ने नेपालीहरुका स –साना बालबालिकाहरुले नेपाली गीतमा नृत्य प्रस्तुत गरेका थिए । एनआरएन भिक्टोरियाका अध्यक्ष प्रेम कँडेल निवर्तमान अध्यक्ष टोनु घतानेले यस्ता कार्यक्रमले अष्टे«लियामा बसोबास गर्ने नेपालीहरु बीचमा एकता गराउने बताए । उनिहरुले कार्यक्रमले बालबालिकाहरुले आफ्नो देशको भाषा, संस्कृति र संस्कार सिक्ने अवसर प्राप्त हुने बताए । यसखालका कार्यक्रम समय समयमा भईरहनु पर्नेमा उनिहरुले जोड समेत दिए । दुबै अध्यक्षले सहभागी सबैलाई शुभकामना व्यक्त गर्दै कार्यक्रम आयोजक फोकनर नेपाली समाजलाई बिषेश धन्यवाद समेत दिए ।
फोकनर नेपाली समाज मेल्बर्नका सचिब राजन खड्काले कार्यक्रमको संचालन गरेका थिए । कार्यक्रममा सभापति प्रफुल्ल श्रेष्ठले सहभागीहरुलाई स्वागत गर्नुका साथै शुभकामना दिएका थिए । कार्यक्रममा फोकनर आसपासका करिब १६० जनाको उपस्थिति रहेको थियो ।