इटहरीः छिमेकी मुलुक भारतको सिक्किममा बहुुसङ्ख्यक नेपाली भाषीको बसोबास रहेको छ । नेपाली संस्कृतिलाई मान्यता दिँदै आएका नेपाली मूलका नागरिकले हिन्दू नारीको प्रख्यात पर्व तीजलाई भव्यताका साथ मनाउने गरेका छन् ।

यस पटक पनि मातृशक्ति समूहले सिक्किममा भव्यताका साथ तीज मनाएको छ । तीजको अवसरमा संगिनी खेलेर नाटक प्रदर्शन गर्नुका साथै नृत्य गरेर मनोरञ्जन गर्दै तीज मनाएको चन्द्रकला सापकोटाले जानकारी दिइन् ।

s ss sss 1 ssss sssss ssssss