इटहरीः बीपी अध्ययन प्रतिष्ठान मोरङको आयोजनामा भएको निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन बिरामीको ब्लड प्रेसर चेक गरेर गरिएको छ ।
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले स्थानीय चन्द्रकला परियारको ब्लड प्रेसर जाँच गरेर कार्यक्रम उद्घाटन गरेका हुन् ।
मोरङको सुन्दरहरैंचा–६ स्थित गछिया अधारभूत विद्यालयमा सम्पन्न स्वास्थ्य शिविरमा नोबेल मेडिकल कलेजका डाक्टरद्वारा बिरामीको जाँच गरी निःशुल्क औषधी वितरण गरिएको थियो ।
कार्यक्रम उद्घाटनपछि बोल्दै डा कोइरालाले बीपी कोइराला आफैँ पनि गरिब जनताको पक्षधर भएका कारण बीपीका अनुयायीहरूले गरिब जनताको पक्षमा काम गर्नुपर्ने बताए ।