इटहरीः अधिकांश सौन्दर्य प्रतियोगिताहरूमा ग्लामरलाइ प्राथमिकता दिने भन्ने आम बुझाइ छ । यही बुझाइको कारणले सौन्दर्य प्रतियोगितामा सबैको सकारात्मक धारणा पाइँदैन । यो कुरालाई चिर्दै इटहरीको बिहानी डान्स सेन्टरले भने नयाँ खालको प्रतियोगिता गर्न लागेको छ ।

नेपाली नारीहरूको महान् चाड हरितालिकाको अवसरमा ‘लेस ग्लामर– मोर इम्पावरमेन्ट’ को नारा सहित बिहानी डान्स सेन्टरले विवाहित महिलाहरूलाई लक्षित गरेर प्रदेश १ मिसेस् तिज आयोजना गर्ने भएको छ ।

यही सावन १७ गते पहिलो अडिसन सकिएको प्रतियोगिताको दोस्रो अडिसन २३ गते हुने कार्यक्रमकी संयोजक प्रनिसा उदासले बताइन । उदासका अनुसार २५ गतेबाट १७ दिन सम्म अडिसनबाट छानिएका सहभागीहरूलाई तालिम दिइनेछ र भदौ १२ गते इटहरीमा ग्रान्ड फिनाले हुनेछ ।

MISES TEEJ PRADESH 1 BIHANI DANCE CENTER ITAHARI PRADESHPORTAL.COM

प्रदेश १ मिसेस् तिजका आयोजक तथा नृत्य निर्देशक तुलसी घिमिरेका अनुसार प्रतियोगितामा सौन्दर्ययताको पक्ष भन्दा आत्मबल र दक्षता बढाउने कुरामा तालिम केन्द्रित हुनेछ । घिमिरेले प्रदेशपोर्टल डटकमसँग कुराकानी गर्दै भने, ‘मिसेस् तिज भनिएपनि हामी घरेलु हिंसा रोकथाम र निरयन्तत्रणका कुरा, स्तरीय खाना पकाउने कुक तालिम, पब्लिक स्पिकिङ देखी  जुम्बा हुँदै अन्य विभिन्न दैनिक जीवनमा आवश्यक तालीहरू दिनेछौँ ।’

प्रतियोगिताका विजेताहरूले विभिन्न उपहार र नगत पुरस्कार सहित कम्प्युटर कक्षा, भाषा कक्षा, आइएलटिएस कक्षा, जिम कक्षा, जुम्बा जस्ता नृत्य कक्षाहरू दिइने आयोजकले बताएको छ । सबै प्रतिस्पर्धीहरूले आफ्नो क्षमता अनुसारको टाइटल पाउने कार्यक्रम संयोजक प्रनिसा उदासले बताइन । उनले भनिन, ‘हामी कसैलाई खाली हात पठाउँदैनौँ ।’

बिहानी डान्स सेन्टरका अनुसार २०७४ बाट मिसेस् तिज सुरु भएको हो । पहिलो प्रतियोगितामा इटहरीकी रन्जु सिग्देल विजयी भएकी थिइन भने दोस्रो संस्करणकी विजेता धरानकी रोशनी गुरुङ हुन । सिग्देल इटहरीकी चिनिएकी व्यवसायी हुन भने गुरुङ हाल मिस गुरुङ इन्टरनेसनलकि निर्णायक र धरानमा चिनिएकी महिला हुन ।

MISES TEEJ PRADESH 1 ITAHARI PRADESHPORTAL.COM