इटहरीः सुनसरीको चतरा र वराहक्षेत्रमा धेरै धार्मिक पर्यटक आउने गर्छन् । चतरासम्म बाटोको सुविधा भए पनि चतराबाट वराहक्षेत्रसम्म जान भने निकै सास्ती खेप्नुपर्छ । चतराबाट सप्तकोशीको तिरैतिर वराहक्षेत्रसम्म जाने कच्ची सडक भए पनि सो सडक भरपर्दाे भने छैन । सानो र अप्ठ्यारो बाटो भएकाले सीमित सङ्ख्यामा चल्ने सवारी साधनमा महङ्गो भाडा तिर्न यात्रु बाध्य हुने गर्छन् । तर पछिल्लो समय सो बाटो पहिरोले अवरुद्ध बनाएको छ ।

नेपालकै चर्चित धार्मिक क्षेत्र भए पनि सो क्षेत्रमा जाने बाटोको अवरोध हटाउन सम्बन्धित निकायले खासै ध्यान दिएको पाइँदैन । सोमबार पनि रौतहटको गौरबाट आएका ४ सय जना गेरुवस्त्रधारी वराहक्षेत्रको दर्शन गर्न आएका थिए । सवारी साधन नचल्ने हुनाले पहिरोको बीचमा बनाइएको सानो गोरेटोबाट उनीहरू कष्टपूर्ण यात्रा गर्न बाध्य देखिन्थे । प्रख्यात धार्मिक क्षेत्र भएको हुनाले सो क्षेत्रको बाटो निर्माणमा लापरवाही गर्न नहुने र जतिसक्दो चाँडो बाटोको अवरोध हटाउनुपर्ने उनीहरूले बताए । बाटो सुचारु हुँदा पनि तीन पाङ्ग्रे अटोमा क्षमताभन्दा बढी यात्रु राखेर चलाउने गरिएकाले त्यसको पनि निगरानी गरी आवश्यक कारवाही गर्नुपर्ने स्थानीय बताउँछन् ।

शब्द/तस्बिर: बुलेट खतिवडा

सडकको पहिरोबाट बाटो काट्दै गरेका आन्तरिक पर्यटकहरू ।

 bullet 2 bullet 1 2 bullet 3 1 chatara bara6etra root (2) - Copy chatara bara6etra root (1) - Copy