तस्बिरः उपेन्द्र चाम्लिङ
धरानः कर वृद्दिबारे असन्तुष्ट बन्दै आन्दोलनमा उत्रिएको नेपाली काङ्ग्रेसलार्इ धरान उपमहानगरपालिकाले वार्ताका लागि औपचारिक पत्र काटेको छ । नगरका प्रेस संयोजक योगेशबाबु काफ्लेका अनुसार आन्दोलनमा रहेका पक्षबीच वार्ताद्वारा समस्या समाधान गर्ने उद्देश्यले अहिले २ बजे वार्तामा बोलाइएको हो ।
प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेस धरान सरकारले वृद्धि गरेको करबारे असन्तुष्ट बनेको छ। विभिन्न चरणबद्ध आन्दोलनमा उत्रिएको काङ्ग्रेसले धरान उपमहानगरपालिकामा ताला लगाउने सम्मका कार्यक्रम सार्वजनिक गरेको थियो ।
नगरपालिकाले अवैज्ञानिक रूपमा वृद्धि गरेको कर घटाउनुपर्ने माग काङ्ग्रेसले राख्दै आएको छ ।