इटहरीः इटहरीमा रहेको राधाकृष्ण मन्दिरबाट निस्किएको रथयात्राले नगरका विभिन्न भागको परिक्रमा गरिरहेको छ । इटहरीस्थित राधाकृष्ण मन्दिरबाट शुरु भएको रथयात्रा इटहरी चोकबाट पश्चिम कलङ्की मोडसम्म पुगेर सोही बाटोबाट फर्किएको थियो ।

रथयात्रा अहिले ६ बज्दा ट्याङ्ग्रा खोलाबाट पूर्वतर्फ गएको छ । बुढी खोलमा पुगेर रथयात्रा पुनः फर्किएर राधाकृष्ण मन्दिरमा पुगी समापन हुने रथयात्रा आयोजक समितिका सचिव दीपक गौतमले बताए । रथयात्रामा इटहरी र आसपासका ५ हजारभन्दा बढी नगरवासी सहभागी भएका थिए । रथयात्रामा विभिन्न झाँकीका साथै भजनकीर्तन मण्डलीले रथयात्रालाई सङ्गीतमय बनाइरहेका छन् ।40758243_282501445810813_2235482988114608128_n 40648976_276188216323478_7187146046324080640_n 40595143_2619879048237865_1824074246993739776_n 40626160_292991971292500_8712620599098212352_n 40668157_2012422922350822_4089977002407231488_n 40648976_2145684512350487_5631524924825796608_n