इटहरी/ प्रताप दास नेपाल आइडलको पहिलो सिजनले चिनाएको नाम हो । भोटिङले उनलाई नेपाल आइडलमा तेस्रो बनाए पनि उनका फ्यान कम छैनन् । उनै दास आइतबार उनले गीत गाएको फिल्म ‘रोज’को प्रचारको लागि पूर्व आएका थिए ।
भदौ २२ गते देशभर रिलिज हुने चलचित्रका नायक प्रदीप खड्का र नायिका मिरुना मगर लगायतको फिल्म टोली इटहरीमा दिउँसो २ बजे आएको थियो ।
इटहरीमा भएको पत्रकार सम्मेलनमा पत्रकारले शुरुमै प्रश्न गरे, ‘प्रताप दासजीले गीत मात्रै गाउनु भएको हो कि अभिनय पनि गर्नुभएको छ ।’
पत्रकारको प्रश्नको जवाफ दिँदै दासले मुस्कुराउँदै भने, ‘सोच त मेरो फिल्म खेल्ने नै हो तर यो फिल्म मेरो अभिनय छैन, गीत मात्रै छ । अब निर्माताहरूले खेलाउनुहुन्छ होला ।’
गीत मात्रै भएको बताएका दासले पत्रकारको आग्रहमै गीत गाए, ‘फूल होइन, काँडाकाँडैबाट हिँडौला, सम्म होइन डाँडाडाँडै पनि चढाँैला....।’