विराटचोकः सुन्दरहरैंचाको विराटचोकमा रहेको बालसदन एकेडेमीले विद्यालयका विद्यार्थीहरूलाई सांस्कृतिक जानकारी दिने उद्देश्यले विद्यालयमा लाखे नाच देखाएको छ ।
नेवारी संस्कृतिको जानकारी दिने उद्देश्यले गाईजात्राको अवसर पारी नेवाः पुच विराटचोकको सहयोगमा लाखे नाच देखाइएको विद्यालयका भाइस प्रिन्सिपल सूर्य दङ्गालले जानकारी दिए । नेपालीका विभिन्न जातिको संस्कृति क्रममा नेवारी संस्कृति अन्तर्गतको लाखे नाच विद्यालयका सम्पूर्ण विद्यार्थीलाई देखाइएको उनले बताए ।
आफूले थाहा नपाएको संस्कृतिको बारेमा विद्यालयमा प्रत्यक्ष जानकारी लिन पाउँदा खुशी लागेको प्रतिक्रिया दिएको दङ्गालले बताए । विराटचोक क्षेत्रमा बसोबास गर्ने अल्पसङ्ख्यक जातिको नौलो संस्कृतिको बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रम गरिएको उनले जानकारी दिए ।