धरानः व्यस्त र भागदौडपूर्ण दैनिकीमा स्वास्थ्यप्रति सोच्ने फुुर्सद धेरै कमलाई मात्र हुन्छ । धरानका राजीव हलुुवाईले सामाजिक संस्था स्थापना गरी गरिब र विपन्न समुुदायका बिरामीहरूको सेवामा लागि परेको निकै समय भइसक्यो । ‘सेवक अभियान’ नामक संस्था स्थापना गरी २०७२ साउन ४ गतेदेखि सेवाभावमा तल्लीन राजीव यति धेरै व्यस्त भए कि उनको सामथ्र्यले बिरामी विपन्न समुुदायको सेवा सम्भव हुन छाड्यो ।
सेवा गर्ने मन छ, तर आर्थिक स्रोतको अभाव जहिल्यै उस्तै । बिरामीको सेवामा लागिरहेका राजीवले सोचे बरु बिरामी नै हुन नदिने उपाय अवलम्वन गरे कसो होला ? उनको सोच साथीभाइलाई मन प¥यो । अघिल्लो साल भदौ ३१ गते धरान उपमहानगरपालिकाका तत्कालीन मेयर तारा सुुब्बाको अगुवाइमा सेवक अभियानको पाइला अघि बढ्यो । हरेक शनिबार धरान आसपासका कुुनै एक नयाँ रुटमा हाइकिङ (पैदलयात्रा) जाने यो अभियानले गत शनिबार ५० औं हप्ता पूरा गरेको छ ।
प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे, प्रदेश १ का सभामुख प्रदीप भण्डारी, धरान उपमहानगरपालिकाका कार्यवाहक मेयर मञ्जु भण्डारीलगायतको उपस्थिति रहेको ५० औं शृङ्खलामा ४ सय बढी सहभागी भएको संस्थापक हलुुवाइले जानकारी दिए ।
स्वास्थ्यमा सचेत हुँदै गरेका नागरिक यो अभियानमा सरिक हुन थालेका छन् । पहाड र समथर भू– भागाको सङ्गम स्थल पनि हो धरान । धरान आसपासका रमणीय स– साना पहाडी ग्रामीण बस्तीका रमणीय दृश्य हेर्दै हप्ताभरिको थकान मेटाउन सकिने हुँदा शुरुका दिनमा भन्दा सहभागी बढ्दै जान थालेका छन् ।
अभियानकर्मी मातृकाप्रसाद नेपालका अनुसार अभियानमा स्वतस्फूर्त रूपमा जनस्तरबाट साथ सहयोग रहेको छ । सबै उमेर समूहका व्यक्तिहरू उक्त अभियानमा लागेका छन् । विद्यार्थी, प्राध्यापक, चिकित्सक, राजनीतिकर्मी खेलाडी सबै क्षेत्रका मान्छे हरेक हप्ता हाइकिङमा रमाउने गरेका छन् ।
हलुुवाइका अनुसार प्रकृतिसँगको निकट सम्बन्ध बनाउन पनि हाइकिङले महत्वपूर्ण भूमिका खेल्छ । हप्ताभरी काममा व्यस्त व्यक्तिमा १ दिनको छोटो दूरीको यात्राले रिफ्रेस हुन्छ । ‘धरान नजिकको गाउँले जीवनको अध्ययन गर्ने मौका पनि पाउने हुुँदा यो अभियानमा सरिक हुनेले दोहोरो फाइदा पनि पाउँछन्,’ हलुवाइले बताए ।
उनले दिएको जानकारीअनुसार ५० औँ शृङ्खलासम्म कुुनै रुट (बाटो) दोहोरिएको छैन । हरेक रुटमा नयाँनयाँ कुराको सिकाइ हुने गरेको छ । उनले २ घण्टादेखि २ दिनको रुट तय गरिसकेका छन् । अहिले सम्मको २ दिनको लामो रुटमा धरानबाट केराबारी हुँदै, जेफाले पुुगेर राजारानी सम्मको यात्रा अभियानकर्मीले पार गरेका थिए ।
धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य सेवा दिइरहेका मुुटुु रोग विशेषज्ञ डाक्टर सञ्जीव शर्मा आफूले वर्षौंदेखि गर्न नसकेको कार्य सेवक अभियानले गरेकोमा हर्षित भएको राजीव सुनाउँछन् । शर्माको भनाइ उद्धृत गर्दै राजीवले भने, ‘हरेक व्यक्ति दिनमा एक पटक सामान्य पसिना निकाल्ने गर िहिंडे मात्र पनि मुटुसम्बन्धी रोगबाट धेरै बच्न सकिन्छ । तर, मानिसको व्यस्त दैनिकीले स्वास्थ्यबारे सोच्न फुुर्सद कमै मिलेको छ । त्यो उसको गम्भीर हेलचेक्र्याइँ हो ।’
हाडजोर्नी रोग विशेषज्ञ विक्रम श्रेष्ठ सवारी साधनमा मात्र हिँडिरहने मानिसमा सामान्य अवस्थामा पनि हाडजोर्नी भाँचिने गरेको बताउँछन् । त्यसका लागि हिँडाइ अपरिहार्य रहेको जानकारी श्रेष्ठले दिएको राजीवले बताए । राजीवका अनुसार बीपी प्रतिष्ठानबाट नियमित चिकित्सक आउने गरेका छन् । प्रतिष्ठानका विद्यार्थी र प्राध्यापक सेवक अभियानका अभियानकर्मी हुन् । त्यो राजीव र उनको टिमका लागि हौसला बन्ने गरेको छ ।
५० औँ शृङ्खलासम्म आइपुुग्दा अर्थको जोहो अभियानकर्मी स्वयम्ले गरेका छन् । अघिल्लो शनिबारको स्वर्ण पदयात्रामा सहभागी भएका प्रदेश सरकारका मन्त्री जीवन घिमिरेले स्वास्थ्यप्रति सचेत गराउन सक्नुु नै महत्वपूर्ण पाटो रहेको बताएका थिए । धरान नगरकी कार्यवाहक प्रमुख मञ्जुु भण्डारी र प्रदेश सभाका सभामुुख प्रदीप भण्डारीले सेवक अभियानले गरेको कार्यको मुुक्तकण्ठले प्रशंसा गरेका थिए ।
सामुुदायिक तहबाट भएको यो नौलो कार्यलाई अन्य स्थानका मानिसले अनुुकरण गर्नुुपर्नेमा अतिथिहरूको जोड थियो । प्रदेश सरकारका प्रमुख मुुख्यमन्त्री शेरधन राईलाई समेत सेवक अभियानको हाइकिङमा सहभागी गराएर नागरिकलाई स्वास्थ्यप्रति सचेत बनाउने शिक्षा बाँड्न चाहेको राजीवले बताए । उनले भने, ‘पहिले बिरामी भएकालाई सेवा गरियो, अब व्यक्ति बिरामी नै हुन नदिने अभियानमा जुुटाँै भनेर ५० औँ पाइलासम्म आइयो ।’