धरानः गत शनिबार वराहक्षेत्र नगरपालिका–३ को नडाहामा एउटा नौलो कार्यक्रम भएको थियो । ‘खेलकुदमा साहित्य सिर्जना’ नाम दिइएको सो कार्यक्रममा कविहरूले फुटबल मैदानमा आफ्ना सिर्जना पाठ गरेका थिए ।

प्रतिष्ठित वराहक्षेत्र मेयर कपको दोस्रो संस्करण सञ्चालन भइरहँदा यस्तो कार्यक्रम आयोजना गरिएको थियो । वराहक्षेत्रको ३ नम्बर वडा समितिले आयोजना गरेको सो कार्यक्रमको व्यवस्थापन स्वर्णिम साहित्य समाजले गरेको थियो । स्थानीय एभरेष्ट फूटबल क्लबको सहयोगमा सम्पन्न कार्यक्रममा कुन्ता शर्मा, इरान राई, राज माङ्लाक, श्रीशिशा राई, राजेश विद्रोही, सन्तोष थेबे, प्रदीप योङहाङलगायतले कविता पाठ गरेका थिए । फुटबल प्रतियोगिताको फाइनलको दिन बिहान कार्यक्रम राखिएको थियो ।

प्रतियोगिताको प्रवद्र्धन गर्न यस्तो कार्यक्रम आयोजना गरिएको वराहक्षेत्र–३ का वडाध्यक्ष रुद्र दाहालले बताए । कार्यक्रमको संयोजन गरेका कवि तथा पत्रकार प्रकाश दिप्सालीले खेलसँग साहित्यको संयोजन नयाँं आयाम थप्दै स्रष्टाहरूलाई सम्मान गर्न खोजिएको बताए । कार्यक्रममा समाजका सचिव नदी राईले अतिथि स्रष्टाहरूलाई स्वागत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि कवि शर्माले फुटबल मैदानमा कविता वाचनको नौलो र सुन्दर अनुभव गर्न पाएको बताइन् ।

khelkudma sahitya