इटहरीः नेक्सब डान्स एकेडेमीको पहिलो प्रस्तुति ‘ढाँट्यो मायाले ...’ सार्वजनिक भएको छ । म्युजिक भिडियो निर्देशक बिभोर पोखरेलको निर्देशन रहेको भिडियोमा मोडल तथा कोरियोग्राफर अनुराग ठकुरी र मोडल तथा डान्सर बबिता श्रेष्ठलाई फिचर गरिएको छ ।
दीपक शर्माको शब्द र सङ्गीतमा रहेको गीतमा गायिका सहिमा श्रेष्ठ र गायक सन्तोष बस्यालाको स्वर रहेको छ । गीतमा करिब ५ दर्जन कोरस रहेको गीतमा नेक्सन डान्स एकेडेमीका कलाकारको अभिनय रहेको छ । कोरियोग्राफर ठकुरीले यस अघि आफ्नै निर्देशनमा दर्जनौँ म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् ।
‘ढाँट्यो मायाले...’ को दृश्य सम्पादन सुप्रिम पराजुलीले गरेका छन् भने अनिल के मानन्धरको सिनेमाटोग्राफी रहेको छ । मोडल बबिताले यस अघि थुप्रै मुजिक भिडियोमा अभिनय गरिसकेकी छिन । सो गीतलाई हाइलाइट्स नेपालको युट्युब च्यानलमार्फत् सार्वजनिक गरिएको हो ।