उर्लाबारीः विश्व वातावरण दिवसको अवसरमा मोरङको उर्लाबारी–७ मा ५ सय वटा बिरुवा रोपिएको छ ।

बुधबार उर्लाबारी नगरपालिका वडा नं. ७ को आयोजनामा स्कुलडाँडा–मिलडाँडा हुँदै बरगाछीसम्म धुपी, सल्लालगायत फूल प्रजातिका ५ सय भन्दा बढी बिरुवा रोपिएको वडाध्यक्ष बीरबल थापाले जानकारी दिए ।

उर्लाबारी नगरपालिकाका प्रमुख खड्ग फागोको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै प्रमुख फागोले वातावरण संरक्षणमा नगरवासीहरू जुट्नुपर्ने बताए । वातावरणलाई असर पुग्ने कार्य कसैबाट गर्न नहुने उनको भनाइ थियो ।