धरान/ इटहरी–धरान सडक खण्डको बीच भागमा आउँछ चार कोशे झाडी । झाडीको इटहरी क्षेत्रमा पर्ने जङ्गलमा हाँसपोसा सामुदायिक वन रहेको छ । साथै चारकोशे झाडीमै पर्ने राष्ट्रिय वन पनि रहेको छ ।

सोही ठाउँबाट किसानहरूले घाँस दाउरा ल्याउने गर्छन् । खाना पकाउन ग्यास प्रयोग गरे पनि वस्तुभाउलाई खोले पकाउन अझै पनि वनबाट दाउरा खोज्ने चलन छ ।

चौपायालाई घाँस ल्याउने काममा पनि किसानहरूले चार कोशे झाडीलाई रोज्दै आएका छन् । जसको दृश्य धरान–इटहरी ओहोरदोहोर गर्नेहरूले सहजै सडक किनारमा देख्न सक्छन् ।

daura char kose jhadi (5)

daura char kose jhadi (3)

daura char kose jhadi (1)

daura char kose jhadi (2)

daura char kose jhadi (4)