इटहरीः भोलि शनिबार धरानको विमल स्मृति पुस्तकालयमा हुने पोएट्री पार्टीमा अग्रज पत्रकार तथा गजलकार सुविद गुरागाईंको गजल चर्चा हुने भएको छ । बिहान ८ बजेबाट शुरु हुने पोएट्री पार्टीमा गुरागाईंका गजलमाथि विमर्श हुने आयोजकमध्येका सदस्य चेवन राईले बताए ।

कार्यक्रममा प्राध्यापक डाक्टर भीम खतिवडा र राजेश विद्रोहीले बोल्ने आयोजकले बताएको छ । केही महिना अगाडि प्रकाशित गुरागाईंको ‘जूनको आगो’ नामक गजल सङ्ग्रहको यस अगाडि राजधानी काठमाडौंसहित, इनरुवा र इहटरीमा पनि परिचर्चा भएको थियो । इटहरीमा गुरागाईंका गजलमाथि प्रसिद्ध गायकगायिकाले स्वर भरेका थिए । गुरागाईंको सङ्ग्रहमा ८४ वटा गजल सङ्ग्रहित छन् ।

सो सङ्ग्रहलाई नेपाल अफ्रिका साहित्य समाजले प्रकाशन गरेको हो ।