झापाः पूर्व–पश्चिम राजमार्गअन्तर्गतको मेचीनगर–१२ कालीझोडा सडक खण्डमा सोमबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको मे १ ज २०५९ नम्बरको जीपले साइकलयात्री ताप्लेजुङको साविक सिकैचा गाविस–८ का ३२ वर्षीय दिपेश पौडेललाई ठक्कर दिएको थियो ।

जीपको ठक्करबाट गम्भीर घाइते भएका पौडेलको उपचारको क्रममा बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए