इटहरीः नेपाली काँग्रेसका केन्द्रीय सदस्य डाक्टर रामशरण महतलेले काँग्रेसकै आर्थिक नीतिमा कम्युनिस्ट सरकार टिकेको बताएका छन् ।

जिपि फाउन्डेसन प्रदेश १ समितिले इटहरीमा आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै उनले उदारीकरण को विरोध गर्ने कम्युनिस्ट हरू अहिले त्यसैको पछाडि लागेको उनले बताए । गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सरकार हुँदा आफू अर्थमन्त्री भएको बेला अख्तियार गरेको उदारीकरणको नीति अहिले सबैभन्दा लोकप्रिय भएको उनको भनाइ छ ।

अहिलेको सरकार सँग स्पष्ट योजना र भिजन नभएको र आफुहरुलेनै ल्याएका नीति र कार्यक्रमलाई आफ्नो भन्दै प्रचार गरेको उनले आरोप लगाए ।

विपी कोइरालाले सामन्तवादको अन्त्यको लागि कोशेढुङ्गा साबित काम गर्नु भयो । जुन अहिलेसम्मको लागि प्रेरणादायी छन् ।, उनले भने, स्वदेशी र विदेशी पुजिएका साथ युवाको ऊर्जाले मात्र देश स्वभलम्वि बन्न सक्छ । तर अहिलेको सरकारमा लगानीमैन्त्री प्रशासक र व्यवहारको कमिछ ।

आर्थिक उदारीकरणको नीति अवलम्बन गरे सँगै देश आर्थिक रूपमा सबल बन्दै गएको उनको भनाइ छ । जस कारण माओवादी द्वन्दको समयमा पनि अर्थतन्त्रमा गिरावट हुन नसकेको उनले बताए ।