इटहरीः नेपाली काग्रेसकी नेतृ एवंम जीपी काेइराला फाउण्डेशनकी संस्थापक सुजाता काेइरालालाले कम्युनिष्टहरूले बहुमतलाइ सदुपयाेग गर्न नसकेकाे बताएकी छिन् । अाज इटहरीमा जीपी फाउण्डेशनकाे पदस्थापन कार्यक्रममा सम्बाेधन गर्दै नेतृ काेइरालाले जनताले मत दिए पनि उक्त मतलाइ विकासमा रूपान्तरण गर्न दुइ तीहाइ सरकार असफल भएकाे दाबी गरिन् ।
'टु थर्ड मेजाेरिटिलाइ वहाँहरूले सदुपयाेग गर्न सक्नुभएन' काेइरालाले भनिन्- 'विकासकाे कामलाइ गति दिन नसक्नु दुखद कुरा हाे ।'
भ्रष्टाचार चुलिमा पुग्यो
कोइरालाले अहिलेको सरकारको पालामा नेपालको भ्रष्टाचार चुलीमा पुगेको बताइन् । दुइतिहाई बहुमतको सरकारको पालामा जताततै भ्रस्टाचार मौलाएको उनको भनाइ छ ।
स्वर्गीय गिरिजाप्रसाद कोइरालाको स्मृतिका खोलिएको जिपि फाउन्डेसनले सुनसरीमा जिल्ला समितिको पदास्थापन कार्यक्रम सम्पन्न भएको हो । सोही कार्यक्रममा बोल्दै कोइरालाले जिपि फाउन्डेसन गरिब र निमुखा जनताको हितको लागि खोलिएको गैरनाफामुलक संस्था रहेको बताइन् ।
शिक्षा, प्रबिधि र वातावरणको क्षेत्रमा फाउन्डेसनले काम गर्नेछ ।, उनले भनिन् , गिरिजा बाबुले देखाउनु भएको बिकास निर्माणको योजना लाई पूरा गर्न फाउन्डेसन अगाडि बढ्नेछ ।
नेताहरू शेखर काेइराला, रामशरण महत लगायतले समेत सम्बाेधन गर्ने कार्यक्रम रहेकाे छ ।