नयाँ शैलीका तीज गीत निकाल्ने क्रममा हास्य अभिनयसहितको तीज गीत गायक रामप्रसाद पाठक र मञ्जु घिमिरेले बजारमा ल्याएका छन् । अघिल्लो साता सो गीत बजारमा आएको छ ।
गीतलाई नमुना नेपाल युट्युब च्यानलले बजारमा ल्याएको छ । गायक तथा पत्रकार रामप्रसाद पाठकको लय तथा शब्द सङ्कलनमा तयार भएको सो गीतमा रामप्रसाद पाठक, राधिका हमाल र मञ्जु घिमिरेको स्वर रहेको छ । गीतको सङ्गीत संयोजन लक्षुप्रकाश मल्लले गरेका छन् । मनोेज डङ्गोलले रेकर्ड गरेको सो गीत जीवन बडुले मिक्सिङ गरेको गायक पाठकले बताए ।
छायाङ्कनको निर्देशनसमेत गरेका पाठकका अनुसार गीतको छायाङ्कन काभ्रेमा भएको हो । गीतमा गायक पाठक, सुशीला निरौला बिम्ली, मञ्जु घिमिरे, नमराज घिमिरे, शम्भु घिमिरे लगायतका कलाकारको अभिनय देख्न सकिन्छ ।
रामकृष्ण कँडेलले खिचेको गीत ग्रामीण परिवेशको दुःखान्तक कथामा रहेको पाठकले बताए ।