पाँचथरः पूर्व राजा ज्ञानेन्द्र शाह पूर्वी पहाडी जिल्लाहरूको भ्रमणका क्रममा फिदिम आएका छन् । सोमबार साँझ छ बजे शाह फिदिम आएका हुन । उनको समर्थनमा फिदिममा नारा जुलुस सहित स्वागत गरिएको छ ।
फिदिम आएर शाह होटेल मनस्विमा बसेका छन् । मङ्गलवार बिहान फिदिम वासीसँग संवाद गर्ने कार्यक्रम छ । त्यसपछि सुम्हालुङ मन्दिरको दर्शनका लागि जाने तयारी आयोजकको रहेको राजा ल्याउने कार्यमा सक्रिय मदन पोख्रेलले बताए ।
नागरिकसँगको कुराकानी र सुम्हालुङ दर्शनका लागि मात्रै पूर्व राजा फिदिम आएको बताइएको छ ।
राजाले फिदिममा १९ गते मनस्वी होटेल रहेको स्थानबाट फिदिम बजारको आहाल गैरी सम्म पैदल यात्रा गर्नेछन् । त्यस भन्दा माथि सुम्हात्लुङ मन्दिर सम्म गाडीमा पुग्ने कार्यक्रम छ । पैदल यात्राका क्रममा शाहले फिदिमका नागरिकसँग संवाद गर्ने कार्यक्रम तय गरिएको छ ।