बेलबारीः महिला अधिकार मञ्च मोरङले शनिबार १ सय वर्षीया पवित्रादेवी अधिकारीलाई सम्मान गर्दै तेस्रो जिल्ला अधिवेशन सम्पन्न गरेको छ । कार्यक्रममा अन्तर्राष्ट्रिय रेफ्री एवम् कराते प्रशिक्षक कुन्ती गुरुङलगायतलाई सम्मान गरिएको थियो ।

अधिवेशनको प्रदेशसभा सदस्य यशोदा अधिकारीले उद्घाटन गरेकी थिइन् । अधिवेशनमा बेलबारी नगरपालिकाका प्रमुख ज्ञानेन्द्र सुवेदी, नगर प्रवक्ता योगेन्द्र सुवेदी, राष्ट्रिय महिला अधिकार मञ्चकी अध्यक्ष रेणुका मल्ल, नोबेल मेडिकल कलेज विराटनगरकी निर्देशक इन्दिरा शर्मा लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रममा नेकपा बेलबारीका संयोजक ईरान राई, नारी विकास सङ्घकी अध्यक्ष सुशीला कार्की, अपाङ्ग महासङ्घकी पूर्वाञ्चल अध्यक्ष भीमा खतिवडा, ओरेक नेपालकी कार्यक्रम अधिकृत सरस्वती दनुवारलगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि प्रदेशसभा सदस्य यशोदा अधिकारीले संविधानले महिलाका अधिकारका क्षेत्रमा प्रष्ट पारे पनि कानुनको अभावमा कार्यान्वयन हुन केही ढिला भएको बताइन् । अब चाँडै ती हक कार्यान्वयन हुने उनले बताइन् ।

नगरप्रमुख ज्ञानेन्द्र सुवेदी बेलबारी नगरपालिका महिला अधिकारका क्षेत्रमा सधैँ लागिरहेको बताए । उनले नगरपालिका महिलाको क्षेत्रमा सहकार्य गरेर अगाढि बढ्न तयार रहेको बताए ।

मञ्चकी केन्द्रीय अध्यक्ष रेणुका मल्लले राज्यले महिलालाई सधैँ उपेक्षा गरिरहेको आरोप लगाइन् । अधिवेशनले कल्पना घिमिरेको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्यसमितिको समेत चयन गरको जनाएको छ ।