इटहरी/ प्रदेश १ को मुटुको रुपमा रहेको इटहरीमा तालतलैया लोकप्रिय पर्यटन केन्द्र हो । प्राकितिक रुपमा आकर्षक र विभिन्न कलाकृतिले भरिपुर्ण तालतलैयाले जो कोहिलाइ तान्छ । अझ अहिले त मोटरबोटमा सरर... कुद्न पाइने भएकाले तालतलैयामा आउनेहरु झनै बढेका छन । तालतलैया व्यवस्थापन समिति अध्यक्ष वीर बहादुर लिम्बू हरेक बर्ष पिकनिप, व्याक्तिगत भ्रमण र अन्य सामुहिक घुमफिरका लागी भनेर ५ लाख हाराहारी आगन्तुक आउने बताउँछन ।

1 3

इटहरीको वडा नम्बर २ र ३ मा पर्ने तालतलैया पर्यटकीय क्षेत्र इटहरीको सबैभन्दा लोकप्रिय घुम्ने स्थल हो । २०७३ सालमा भएको अन्तर्रा्ष्ट्रिय मूर्ती कार्यशालाले बनाएका उक्त मूर्तीहरूले तालतलैयालाइ पूर्वका अन्य सिमसार क्षेत्रको पर्यटन भन्दा मौलिक बनाएको पर्यटनकर्मिहरु बताँउछन ।

२ बर्ष अगाडि नेपाल सहित जापान, जर्मन, इजराइल, मलेसिया र भारतका ३३ मुर्तिकाहरुले २८ वटा मुत्र्तिहरु तालतलैयामा बनाएपछि यहाँका आगन्तुकहरु अघिल्ला बर्षको तुलनामा बढेको तालतलैया व्यवस्थापन समितिका अध्यक्ष वीर बहादुर राई बताउँछन ।

7 1

तालतलैयाको व्यवस्थापन समितिका अध्यक्ष वीर बहादुर राई तालतलैया क्षेत्रमा व्यवस्थित बोटिङ, बाल उद्यान र अन्य आकर्षक आम्दानीमुलक पूर्वाधारहरू विकास गरेर आगन्तुुकहरु थप बढाउँने बताउँछन । राईका अनुसार गत बर्ष तालतलैयामा एकल घुमन्ते र पिकनिक गरेर पाँच लाख पर्यटकहरुले भ्रमण गरेका थिए ।

5 1

७६ दशमलव ४५ हेक्टर क्षेत्रफलमा फैलिएको सुन्दर, हरियाली र एकान्त तालतलैयाको २१ दशमलव ५० हेक्टर क्षेत्रफलमा भने पर्खालले घेराबारे गरिएको छ । विभिन्न ८ वटा पोखरीलाई मर्ज गरेर ६ पोखरी बनाइएको तालतलैयामा जलपरी रिक्सा भनिने जलबिहार पनि सञ्चालन रहेको छ ।

पूर्व–पश्चिम राजमार्गको इटहरी पूर्वमा रहेको जुटविकास चोकबाट ५ किलोमिटर तथा कोसी राजमार्गको इटहरी तरहारा क्षेत्रबाट ३ किलोमिटरको सडक दुरीमा पुगिन्छ तालतलैया ।

3 3 2 3 4 2 6 2